१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

विद्यालयबाट फर्कँदै गरेका दुई बालिकाको पहिरोमा पुरिएर मृत्यु

हरि गौतम

रुकुम पश्चिम — पहिरोमा पुरिएर रुकुम पश्चिममा २ बालिकाको मृत्यु भएको छ । मुसीकोट नगरपालिका–१० चुनका दुई बालिका विद्यालयबाट घर फर्कने क्रममा पहिरोमा पुरिएका थिए । 

स्थानीय डिलबहादुर विककी १२ वर्षीया छोरी डिलमाया विक र रणबहादुर कामीकी १० वर्षीया छोरी सावित्री विकको पहिरोले पुर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।


बुधबार विद्यालयबाट फर्कने क्रममा बेलुकी ५ बजेतिर बाटोमै पहिरोले पुरेपछि उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

प्रकाशित : भाद्र २६, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?