कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कम्युनिष्ट सरकार विरुद्ध लड्न देउवाको आह्वान

प्रदीप मेन्याङ्बो

सुनसरी — कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारविरुद्ध लड्नु पर्ने बेला आएको बताएका छन् । उनले विगतमा एकदलीय शासनसँग लडेर प्रजातन्त्र ल्याएको तर फेरि कम्युनिष्टको सरकारले एकदलीय सर्वसत्तावादी शासन ल्याउन लागेकाले त्यसकालागि फेरि कम्युनिष्ट सरकारविरुद्ध लड्ने बेला आएको बताएका हुन् ।

कम्युनिष्ट सरकार विरुद्ध लड्न देउवाको आह्वान

मंसिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरेर कांग्रेस धरान उपमहानगर समितिद्वारा बुधबार आयोजित नगरसभालाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘प्रजातन्त्रको लागि राणा शासन हटायौं, पञ्चायती व्यवस्था हटायौं । अहिले कम्युनिष्ट सरकारले जनताको बोल्न पाउने अधिकार, लेख्न पाउने अधिकार, स्वतन्त्रतामाथि कुण्ठित पारिरहेको छ । यस्ता मानव अधिकार विरोधी काम गरिरहेको सरकार विरुद्ध फेरि लड्ने बेला आएको छ ।’


देउवाले प्रजातन्त्रको लागि लड्ने नेपाली कांग्रेसले आउँदो उपनिर्वाचनमा धरानबाटै विजयको दियो बाल्ने दाबी गरे । उनले विगतमा राम्रो काम गरेको कांग्रेसको सरकारले गरेको काम र योजनालाई उल्टाउदै विकासको बाधकको रुपमा कम्युनिष्ट सरकार उभिएको आरोप लगाए ।


उनले नेकपाको सरकारले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका, सञ्चार लगायतका क्षेत्रमा हस्तक्षेप गरिरहेको बताए । भने, ‘अहिलेको अवस्था जनताको भावना अनुसारको लोकतन्त्रलाई मजबुत पार्ने र संघीयतालाई पूर्ण कार्यान्वयन गर्नुपर्ने समय हो । तर कम्युनिष्ट सरकार भने त्यसको विपरीत भाषणमा एउटा र काम व्यवहारमा अर्कै गर्ने गरेकाले नेपाली जनता निराश बनेका छन् ।’

प्रकाशित : भाद्र २५, २०७६ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?