संविधानमा कुनै पनि किसिमको परिवर्तन हुन दिदैनौँ : शशांक

रमेशकुमार पौडेल

चितवन — नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले संविधानमा हुने कुनै पनि किसिमको परिवर्तन रोक्ने बताएका छन् । बुधबार गैंडाकोटमा भएको नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको तेस्रो वार्षिक साधरण सभाको उद्घाटनमा बोल्दै उनले भने, 'सरकारले संविधान तोडमोड गर्न खोज्दै छ । नेपाली कांग्रेस यसमा अत्यन्त सतर्क छ । हामी संविधानमा कुनै पनि किसिमको परिवर्तन हुन दिदैनौँ ।'

संविधानमा कुनै पनि किसिमको परिवर्तन हुन दिदैनौँ : शशांक

उनले सरकार एकतर्फीय शासनतर्फ गइरहेको बताए । यस्तो काम मुलुकका लागि घातक हुने महामन्त्री कोइरालाको भनाइ छ । प्रधानमन्त्रीको भुमिकाको पनि उनले आलोचना गरे । 'प्रधानमन्त्रीले सबै कुरा आफ्नो हातमा लिन खोज्दै हुनुहुन्छ । यसको हामी भत्सर्ना र विरोध गर्दछौँ ' महामन्त्री कोइरालाले भने ।


महामन्त्री कोइराला संविधानमा व्यवस्था भएको धर्म निरपेक्षको विपक्षमा बेला बेलामा भनाइहरू राख्दै आएका छन् । बुधबार भने उनले यस विषयमा केही बोलेनन् ।

प्रकाशित : भाद्र २५, २०७६ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?