राज्य व्यवस्था समितिमा पम्फा भुसालले भनिन्- 'भारतसँगको खुला सीमामा तारबार लगाउँ, वारपार गर्दा परिचयपत्र हेरौं'

ऋषिराम पौडेल

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भारतसँगको खुला सीमालाई बन्द गरेर परिचयपत्रका आधारमा मात्रै आउजाउ गर्ने व्यवस्था मिलाउनुपर्ने बेला भएको बताएकी छिन् ।

ZenTravel

बुधबार नागरिकता विधेयक माथिको छलफलका लागि बोलाइएको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद भुसालले तत्कालका लागि मिल्ने सबै स्थानमा तारबार गरेर परिचयपत्र हरेर प्रवेश गराउनु उचित हुने बताइन् ।

Meroghar

उनले भारतीय सुरक्षाकर्मीले नै सीमा मिच्नका लागि सीमा स्तम्भ सार्ने गरेको दाबी गर्दै सीमा क्षेत्र नजिक नेपाली सेनालाई नै तैनाथ गर्नुपर्ने पनि प्रस्ताव गरिन् ।

विवाहित महिलालाई कति समयमा नागरिकता उपलब्ध गराउने भन्ने विषयमा सहमति नजुटिरहेकोबेला सांसद भुसालले भारतीय सीमाना मै तारबार गर्नुपर्ने धारणा अघि सारेकी हुन् ।

उनको धारणा सुने पश्चात नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले यो कुटनीतिक मामिला भएकोले तत्कालै सीमा बन्द गर्ने प्रस्ताव गरेर भारतसँगको सम्बन्ध बिगार्न नहुने बताएका थिए ।

प्रकाशित : भाद्र २५, २०७६ १३:३६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कांग्रेसले काउन्सिल विधेयक अघि बढ्न नदिने

अलोकतान्त्रिक विधेयक ल्याएको सचेतक भुसालको आरोप
ऋषिराम पौडेल

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारले राष्ट्रियसभामा पेस भएको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रताविरोधी भएकोले आफूहरूलाई स्वीकार्य नहुने बताएको छ । संघीय संसद्को प्रतिनिधिसभामा बुधबार विशेष समयमा कांग्रेस सचेतक पुष्पा गौतम भुसालले मिडिया विधेयकमा उल्लेख प्रावधान अभिव्यक्ति स्वतन्त्रताविरोधी भएको बताउँदै प्रक्रियामा नै जान नदिने चेतावनी दिइन् । 

कांग्रेस सचेतकमा पुष्पा भुसाल ।

जनताको बलिदानबाट प्राप्त लोकतन्त्रमा सरकारले पत्रकारलाई शक्ति हातमा लिएर दण्डित गर्न खोजेको बताउँदै सचेतक भुसालले प्रेसलाई लोकतन्त्रको बलियो खम्बाको रूपमा हेरिनुपर्ने बताइन्। सरकारविरुद्ध कसैले बोल्यो भनेर त्यसलाई दबाउनका लागि अलोकतान्त्रिक विधेयक ल्याएको उनको आरोप छ। सरकारले मानव अधिकारका मूल्य मान्यतालाई स्वीकार्न नसकेको उनले बताइन्।

'लोकतान्त्रिक मुलुकले प्रेसलाई आतंकित गर्न पाउँदैन। लोकतन्त्रले मिडिया विधेयक चिन्दैन' उनले भनिन्। आमसञ्चार नीति २०७३ बनाएको प्रसंग कोट्याउँदै उनले भ्रष्टाचारको समाचार लेखेकै कारण पत्रकारलाई नियन्त्रण गर्न खोजेको बताइन्।

सचेतक भुसालले प्रेस काउन्सिल स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताइन्। विवाद हुँदा प्रेस काउन्सिलले दण्डित गर्ने नभई समन्वय गर्नुपर्ने उनको भनाइ छ। अभिव्यक्ति स्वतन्त्रतालाई निस्तेज पार्न विधेयक ल्याइएको बताउँदै सचेतक भुसालले राष्ट्रिय मानव अधिकार आयोगको विधेयक स्विकार्न नसकिने बताइन्। उनले स्रोत, साधन र शक्तिलाई नियन्त्रण गर्न यस्ता विधेयकहरू सरकारले ल्याएको बताइन्।

सवा ११ बजे सुरु भएको बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद शाहले आफ्नो पार्टीले राखेको संविधान संशोधनको मागको सुनुवाइ नभएको बताए। उनले मधेस आन्दोलनका क्रममा भएको घटनासँग जोडेर सांसद रेशम चौधरी लगायतका नेता कार्यकर्तालाई जेलमा राखिएको बताए। सांसद साहले मधेस आन्दोलनमा भएका घटनाको छानबिन गर्न गठित गिरीशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे।

संसद्‌मा ६ वटा विधेयकमाथि सैद्धान्तिक छलफल भइरहेको छ। राजस्व चुहावट पहिलो संशोधन, प्रहरी समायोजन, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन), ज्येष्ठ नागरिक (पहिलो संशोधन), औद्योगिक व्यवसाय, नागरिक लगानी कोष र विज्ञापन (नियमन गर्ने) विधेयक छन्। संसद् सचिवालयका अनुसार सबै विधेयकलाई सैद्धान्तिक छलफल गरेर विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्ने कार्यसूची छ।

प्रकाशित : जेष्ठ ८, २०७६ १५:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×