कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेडिकल कलेजविरुद्धको आन्दोलनमा लागेका चन्दका छोरा पक्राउ

रमेशकुमार पौडेल

चितवन — प्रहरीले चितवन मेडिकल कलेजविरुद्ध आन्दोलनको अगुवाइ गरेका प्रकाश चन्दलाई बुधबार बिहान भरतपुरबाट गिरफ्तार गरेको छ । प्रकाश प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्दका छोरा हुन् ।

मेडिकल कलेजविरुद्धको आन्दोलनमा लागेका चन्दका छोरा पक्राउ

प्रकाशको अगुवाईमा नौ दिनदेखि चितवन मेडिकल कलेजको शिक्षण अस्पताल गेट अगाडि दिनहुँ प्रदर्शन हुँदै आएको छ ।


विद्यार्थीहरुले माग राखेर विरोध प्रदर्शन गर्दै आए पनि बुधबार अस्पताल प्रशासन भित्रै छिर्ने तयारी गरेका कारण उनीहरुलाई नियन्त्रणमा लिनु परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले बताए । प्रकाश चन्दसहित १५ जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए । विद्यार्थी पक्राउ परे पनि अस्पताल मुल गेट अगाडिको धर्ना र प्रदर्शन जारी नै रहेको छ ।


नाराबाजी गर्दै रहेका विद्यार्थीले प्रकाशलाई धर्नास्थलभन्दा केही परबाट प्रहरीले नियन्त्रणमा लिएको बताए । यसै गरी पक्राउ पर्नेमा विद्यार्थी महिला पनि रहेको तर उनीहरुलाई समाउने बेलामा महिला प्रहरीहरु कोही पनि नरहेको उनीहरुले जानकारी दिए । विद्यार्थीले सरकारले निर्धारण गरेको शुल्क मात्रै लिनुपर्ने र बढी लिएको सबै शुल्क फिर्ता गर्नुपर्ने लगायतका मागहरु राखेका छन् ।


मेडिकल कलेजको प्रशासनले बुधबार नै प्रेस विज्ञप्ती निकालेर विद्यार्थीले राखेका धेरै मागहरु सरकार र सरकारका अन्य निकायहरुसँग सम्बन्धित रहेको बताएको छ । अस्पताल र कलेज प्रशासनसँग सम्बन्धित मागहरु वार्ता र छलफलबाट पुरा गर्न अस्प्ताल प्रशासन तयार रहेको विज्ञप्तीमा उल्लेख छ । तर आन्दोलन गरेर अस्पतालको सेवा प्रवाहमा बाधा हाल्ने, सञ्चालकहरुलाई धम्की दिने जस्ता गैर जिम्मेवार र गैरकानुनी काम भएको अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।


प्रकाशित : भाद्र २५, २०७६ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?