कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रधानमन्त्रीको प्लाज्माफेरेसिसका लागि सिंगापुरमा राखिएको 'सेन्ट्रल लाइन' मनमोहन कार्डियोथोरासिक सेन्टरमा निकालियो

अतुल मिश्र

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परिक्षणका साथै सिंगापुरमा गरिएको प्लाज्माफेरेसिसका लागि राखिएको सन्ट्रेल भेनस क्याथेटर निकाल्नका लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर गएका छन् ।

प्रधानमन्त्रीको प्लाज्माफेरेसिसका लागि सिंगापुरमा राखिएको 'सेन्ट्रल लाइन' मनमोहन कार्डियोथोरासिक सेन्टरमा निकालियो

अस्पताल स्रोतका अनुसार सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा प्लाजाफेरेसिस गर्नका लागि खोलिएको सेन्ट्रल लाइन झिकिएको हो । चिकित्सकका अनुसार सामान्यतया एकपटक खोलिएको सेन्ट्रल लाइन ४५ दिनमा फेर्नु वा झिक्नु राम्रो मानिन्छ ।


प्रधानमन्त्री ओली भदौ ५ मा दोस्रोपटक शरिरमा मृगौलासम्बन्धी एन्टिबडीको संख्या बढेपछि प्लाज्माफेरेसिस पद्दतीबाट त्यसलाई निकाल्ने उपचार गर्न सिंगापुर गएका थिए।


प्रकाशित : भाद्र २५, २०७६ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?