आर्ट काउन्सिलमा भदौ २८ गतेसम्म फोटो प्रदर्शनी

काठमाडौँ — अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर फोटो पत्रकार क्लबले बहुभाषिक परिवेशमा साक्षरता अभिवृद्धि फोटो प्रतियोगितामा छानिएका उत्कृष्ट फोटोहरुको प्रर्दशनी सुरु भएको छ । 

आर्ट काउन्सिलमा भदौ २८ गतेसम्म फोटो प्रदर्शनी

बबरमहलस्थित नेपाल काला परिषदमा फोटोहरुकै प्रर्दशनी गरिएको छ । युनेस्को नेपाल,शिक्षा र मानव स्रोत विकास केन्द्रसँगको सहकार्यमा क्लबले फोटो प्रर्दशनी गरेको हो ।


१ सय ८२ जना फोटोग्राफरहरुले पठाएका ६ सय ३६ फोटाहरुको मध्ये निर्णायक मण्डलले विजेता सहित उकृष्ट ५४ फोटाहरु छानिएका थिए जसमा ४२ जना फोटोग्राफरहरुको फोटा प्रर्दशनीमा रहेको छ ।


देशको शिक्षाको स्थिति, विधार्थी, स्कूल र शिक्षकबीचको सम्बन्ध , नेपालको बहुभाषिय र अन्तर संस्कृति झल्काउने रहेको फोटाहरु रहेको सञ्चारिका समूहकी अध्यक्ष तथा प्रतियोगिताका निर्णायक नितु पण्डितले बताइन् । प्रदर्शनी भदौ २८ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।


प्रतियोगितामा वीरगन्जका पंकज श्रेष्ठले खिचेको (फरक क्षमता ) अटिजमका विधार्थीलाई पढाउँदै गरेको फोटोले प्रथम स्थान हासिल गरेको छ ।


यसैगरी सुनिता डंगोलले खिचेका फोटाले ललितपुरको जिवित देवीका रुपमा पुजिने कुमारीलाई पढाउँदै गरेको फोटोले दोस्रो स्थान हासिल गर्दा अनिश रेग्मीको संकेतिक भाषा प्रयोग गरेको फोटोले तेस्रो स्थान हात पार्न सफल भएको छ ।

प्रकाशित : भाद्र २४, २०७६ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?