१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

संक्रमणकाल अन्त्य गर्न सेना बाधक बन्दैन : प्रधानसेनापति

मातृका दाहाल

काठमाडौँ — प्रधानसेनापति पूर्णचन्द्र थापाले संक्रमणकाल अन्त्य गर्न नेपाली सेना बाधक नहुने बताएका छन् । राजनीतिक स्थिरतासँगै देश लामो संक्रमणकालबाट क्रमशः पार हुने क्रममा रहेको भन्दै प्रधानसेनापति थापाले संक्रमणका केही अवशेषलाई पार लगाउने विषयमा सेना बाधक नबन्ने स्पष्ट पारे । 

संक्रमणकाल अन्त्य गर्न सेना बाधक बन्दैन : प्रधानसेनापति

१० वर्षे सशस्त्र द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादी र सुरक्षा निकायबाट भएका मानवअधिकारका उल्लंघनका घटनाको छानविन सम्बन्धि विषय अझै टुंगोमा पुग्न सकेको छैन । सरकारले त्यसको छानबिन गरी पीडितलाई न्याय र दोषीलाई कारबाही सिफारिस गर्ने गरी सत्य निरुपण तथा मेलमिलाप आयोग गठन समेत गठन गर्न नसकिरहेकै बेला सेनापति थापाले संक्रमणकालसँग जोडिएका अवशेषको टुंगो लगाउन सेनाले सहयोग गर्ने बताएका हुन् ।


प्रधानसेनापतिमा नियुक्ति भएको १ वर्षको अवसर पारेर मंगलबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले आन्तरिक सुरक्षा मजबुत नभई देशको समृद्धि नहुने पनि बताए ।


‘राजनीतिक स्थिरतासँगै आज देश संक्रमणकालबाट क्रमशः पार हुँदै छ, यद्यपी संक्रमणकाल पार गर्ने क्रममा बढ्दो जनआकांक्षा र अन्योलले सुरक्षा चुनौती थपिनसक्ने यथार्थलाई नकार्न सकिदैन,’ थापाले भने, ‘संक्रणका केही अवशेषहरु बाँकी छन् भने त्यसमा नेपाली सेना बाधक हुदैन र हुनु हुदैन ।’ उनले आन्तरिक सुरक्षा बलियो नभई मुलुक समृद्धि तर्फ समेत नजाने बताए ।


सरकारले लिएको 'सुखी नेपाली–समृद्ध नेपाल'को नारा सफल बनाउन विश्वसनीय प्रतिरक्षा प्रणाली र आन्तरिक सुरक्षा व्यवस्था बलियो हुनुपर्ने उनको भनाई छ ।


‍सेनामा भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै उनले सबे नेपाली सेनाका कर्मचारीको सम्पत्ति विवरण संकलन गरिने बताए । प्रधानसेनापति थापाले मंगलबार नै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । पहिलो पटक प्रधानसेनापति थापाले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

प्रकाशित : भाद्र २४, २०७६ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?