१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

वामदेवलाई पनि डेंगु

अतुल मिश्र

काठमाडौँ — नेकपाका नेता वामदेव गौतमलाई पनि डेंगुको संक्रमण भएको छ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल स्रोतका अनुसार नेता गौतमलाई डेंगु ज्वरो देखिएको हो ।

वामदेवलाई पनि डेंगु

नेता गौतमलाई सामान्य डेंगु देखिएको अस्पताल स्रोतले जनाएको छ । एक चिकित्सकले भने,'हेमोरेजिक तथा सक सिन्ड्रोम भने देखिएको छैन । '


शनिबार नेता गौतमलाई सामान्य ज्वरो आएको थियो । ज्वरो कम नभएपछि उनले सोमबार टेकु अस्पतालमा स्वास्थ्य परीक्षणसँगै अन्य परीक्षण गराएका थिए ।

चिकित्सा स्रोतका अनुसार नेता गौतमलाई देखिएको डेंगु नेपालमै संक्रमण भएको हुन सक्ने उच्च सम्भावना छ । हालसम्म मुलुकका विभिन्न जिल्लामा गरी ७० हजारभन्दा बढीलाई डेंगुको संक्रमण देखिएको छ । उपचारमा संलग्न १० स्वास्थ्यकर्मी पनि बिरामी परेर उपचार गराइरेहका छन् ।

यो पनि पढ्नुहोस्ः

कृषिमन्त्री चक्रपाणी खनाललाई डेंगु

प्रकाशित : भाद्र २४, २०७६ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?