२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

सरकारले अनावश्यक हस्तक्षेप गरिरहे संसद अवरुद्ध गर्ने देउवाको चेतावनी

विनु तिम्सिना

विराटनगर — नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार प्रेसलाई रोक्ने कसरतमा लागिपरेको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले कम्युनिष्टको सरकार आएदेखि देशमा सबैकुरा बिग्रँदै गएको आरोप लगाए । ‘कम्युनिष्ट सरकार खराब होइन तर, कम्युनिष्ट स्टेट ल्याउने खेल हुँदैछ,’ देउवाले भने, ‘सरकार आएदेखि सबै कुरा बिग्रिएको छ ।’

सरकारले अनावश्यक हस्तक्षेप गरिरहे संसद अवरुद्ध गर्ने देउवाको चेतावनी

प्रेसमाथि अंकुश लगाउने, न्यायलयमा हस्तक्षेप गर्ने, प्रशासनमा हस्तक्षेप गर्ने जस्ता गर्नै नहुने काम वर्तमान सरकारले गरिरहेको बताउँदै सभापति देउवाले यसलाई नसच्याए संसद अवरुद्ध गर्ने चेतावनी दिए ।

‘मिडिया काउन्सिल विधेयक राम्रो हो ?’ सञ्चारकर्मीहरुलाई प्रश्न गर्दै उनले भने, ‘यस विषयमा त तपाईंहरुलाई बढी चिन्ता हुनुपर्ने हो नि त । दुईतीन लाख दण्ड गर्ने विधेयक थियो । अहिले फेरि लेख्न नपाउने खालको आएको छ ।’


एनसेलको करका विषयमा सर्वोच्च अदालतले गरेको फैसला आफूले अध्ययन गर्न बाँकी नै रहेको बताउँदै सभापति देउवाले न्यायाधीशहरुलाई महाअभियोग लगाउने भन्दा पुनरावलोकनको मुद्दा दिनुपर्ने बताए । देउवाले संवैधानिक बाध्यता रहेको कारण कांग्रेसको राष्ट्रिय अधिवेशन अगाडि नै अन्तरिम खालका प्रदेश समिति बन्ने बताए ।

प्रकाशित : भाद्र २४, २०७६ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?