१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बर्दिबासमा आयोजित नेकपाको नवगठित जिल्ला कमिटी सदस्यको सपथ ग्रहण कार्यक्रममा तनाव

असन्तुष्ट पक्षले तिव्र विरोध गरेपछि अध्यक्ष दाहाल र महासचिव पौडेल नजाने
रविन्द्र उप्रेती

महोत्तरी — तत्कालिन नेकपा माओवादी र एमालेबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी घोषण भएपछि प्रदेश २ को बारा र पर्सा बाहेकका ६ वटा जिल्लामा नव गठित जिल्ला कमिटिहरुको सपथ ग्रहण कार्यक्रममा विवाद भएको छ ।

बर्दिबासमा आयोजित नेकपाको नवगठित जिल्ला कमिटी सदस्यको सपथ ग्रहण कार्यक्रममा तनाव

पार्टीका शीर्ष नेताहरुबीच दुई पार्टीका जिल्लाका कार्यकर्ता र नेताहरुलाई मिलाएर नयाँ जिल्ला कमिटी गठन गर्ने सहमति भएअनुसार कमिटी गठन गरेर सपथ ग्रहण हुन लाग्दा असन्तुष्ट पक्षले हुलहुज्ज गरेर विरोध गरेका हुन् । बर्दिवासको सेवा समिति हलमा हुने सपथ ग्रहण कार्यक्रममा भाग लिन अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेल आउने तयारी भएपछि असन्तुष्ट पक्षको तिव्र विरोध पछि उनीहरु आउने कार्यक्रम रद्द गरिएको छ ।


विरोधका बीच सिराह र सप्तरीको नवगठित जिल्ला कमिटीलाई प्रदेश २ का अध्यक्ष प्रभु साहले सपथ ग्रहण गराउन खोजेपछि असन्तुष्ट पक्षले हल भित्रै प्रवेश गरेर तोडफोड समेत गरेका छन् । दुई समूहबीच भिडन्त हुने देखेपछि प्रहरीले हस्तक्षेप गरी असन्तुष्ट पक्षलाई हलबाट बाहिर निकालेको छ । सो क्रममा प्रहरीसँग पनि असन्तुष्ट नेकपा कार्यकर्ताको सामान्य मूठभेड भएको छ ।


बर्दिवासका डिएसपी निसान थापाका अनुसार अहिले सेवा समितिको भवन बाहिर कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ । उनको अनुसार थप मुठभेड हुन नदिन प्रहरीले उच्च सतर्कता अप्नाएको छ ।

प्रकाशित : भाद्र २४, २०७६ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?