२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

युवतीको सामूहिक बलात्कार, ९ जना पक्राउ 

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको सुस्तामा एक युवती सामूहिक बलात्कारमा परेकी छिन् । कार्यालय हिँडेकी १९ वर्षीया युवती १० जनाको समूहबाट बलात्कारमा परेकी हुन् । 

युवतीको सामूहिक बलात्कार, ९ जना पक्राउ 

मोटरसाइकलमा एक युवकसँग कार्यालय जाँदै गरेको अवस्थामा अन्य युवाहरुको समूहले धम्क्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।


सामूहिक बलात्कार घटनाका आरोपी १० जनामध्ये प्रहरीले नौ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता डिएसपी विरेन्द्र थापाले बताए ।


लघुवित्त संस्थामा काम गर्ने युवती आइतबार बिहान सुस्ता गाउँपालिका–३ सेखुवाना गाउँ नजिकै उखुबारीमा बलात्कारमा परेकी हुन् ।


सीमा क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा प्रहरी निरीक्षक प्रकाश श्रीमल नेतृत्वको टोलीले आरोपितहरुलाई पक्राउ गरेको हो ।


जबरजस्ती करणीको आरोपमा सुस्ता गाउँपालिका–३ का २२ वर्षीय सन्दीप यादव, ३७ वर्षीय भिमलाल मुसहर, ४५ वर्षीय सुरेन्द्र यादव, २५ वर्षीय मनमोहन राजभर, २२ वर्षीय शिवराज राजभर, २२ वर्षीय राजु मुसहर, ४० वर्षीय नेत्र चौधरी, १९ वर्षीय पिन्टु राजभर, र १९ वर्षीय अमरनाथ भेडीहार पक्राउ परेका छन् ।


किशोरीलाई धम्की दिएर उखुबारीमा लगेर बलात्कार गरेको उजुरी प्रहरीमा परेको छ । युवतीको लुम्बिनी मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

प्रकाशित : भाद्र २४, २०७६ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?