कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ विदेशमन्त्रीसँग देउवा र दाहालद्वारा छुट्टा छुट्टै भेट

तस्बिर : किरण पाण्डे

काठमाडौँ — नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले भ्रमणको अन्तिम दिन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका केही शीर्ष नेता तथा नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुषपकमल दाहालसँग भेट गरेका छन् ।

चिनियाँ विदेशमन्त्रीसँग देउवा र दाहालद्वारा छुट्टा छुट्टै भेट

काठमाडौंको नक्सालस्थित होटल म्यारियटमा उनले सुरुमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रतिनिधि मण्डलसँग भेट गरेका थिए । भेटमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि उपस्थिति थियो ।


कांग्रेसका नेताहरुसँगको भेट पश्चात उनले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालाई भेटेका थिए ।

आइतबार तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं झरेका चिनियाँ विदेशमन्त्री यी आजै दिउँसो स्वदेश फिर्ता जाँदैछन् ।


प्रकाशित : भाद्र २४, २०७६ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?