पशुपतिको आरतीमा राष्ट्रिय गान रोक्न दबाब

काठमाडौँ — पशुपतिनाथस्थित वाग्मती किनारामा साँझ हुने गंगा आरतीअघि राष्ट्रियगान गाउनुपर्ने निर्देशन फिर्ता लिन सरकारलाई गरिएको अनुरोध नसुनिएपछि गंगा आरती सेवा सञ्चालक समितिले त्यसको अवज्ञा गर्ने निर्णय गरेको छ ।

पशुपतिको आरतीमा राष्ट्रिय गान रोक्न दबाब

सोमबार बसेको समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको स्रोतको भनाइ छ ।


संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईले गंगा आरतीको प्रारम्भ राष्ट्रिय गानबाट गर्नुपर्ने निर्देशन दिएपछि भदौ १३ बाट आर्यघाटमा हरेक साँझ राष्ट्रिय झण्डा फहराएर राष्ट्रिय गान गाउने गरिएको थियो । आरती हुने स्थान नजिकै मृतकहरूको अन्त्येष्टि हुने र शोकाकुल आफन्त असहज परिस्थितिमा रहेको बेला राष्ट्रिय गान गाउन उचिन नहुने समितिको दाबी छ ।


‘पशुपतिनाथको नित्य आरती मूल मन्दिरभित्र हुन्छ, यो सनातनदेखि चल्दै आएको हो, कहिल्यै रोकिँदैन,’ पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालले कान्तिपुरसित भने, ‘मन्दिरको आरतीपछि वाग्मती किनारमा गंगा आरती हुन्छ । कोष र पशुपतिनाथ बागमती गंगा आरती परिवारबीचको सहकार्यमा गंगा आरती हुँदै आएको छ ।’


सरकारको आदेशलाई कोषले अवज्ञा नगर्ने उल्लेख गर्दै सदस्यसचिव ढकालले भने, ‘सहकार्य रहेको संस्थाले एकतर्फी अवज्ञा गरेमा सहमतिप्रति पुनर्विचार गर्नुपर्छ ।’

प्रकाशित : भाद्र २४, २०७६ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?