प्रधानमन्त्री ओलीसँग भेट्न चिनियाँ विदेशमन्त्री बालुवाटारमा

तस्बिर : इलिट जोशी

काठमाडौँ — तीनदिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आइपुगेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

प्रधानमन्त्री ओलीसँग भेट्न चिनियाँ विदेशमन्त्री बालुवाटारमा

विदेशमन्त्री यी विदेशमन्त्रीस्तरीय नेपाल-चीन संयन्त्र बैठक सकिए लगत्तै बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीसँग बालुवाटारमा भेटवार्ता गरे लगत्तै उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने छन् ।


आजै होटल याक एण्ड यतीमा भएको बैठकमा नेपाल र चीनबीच तीनवटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।


विदेशमन्त्री वाङ यीले नेपाल सरकारका केही विभागीय मन्त्री तथा पूर्व प्रधानमन्त्रीहरुले पनि भेट्ने कार्यक्रम छ।

प्रकाशित : भाद्र २३, २०७६ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?