१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेपाल-चीन संयन्त्र बैठक सकियो, तीनवटा मुख्य सम्झौता

काठमाडौँ — विदेशमन्त्रीस्तरीय नेपाल-चीन संयन्त्र बैठक सकिएको छ । बैठकमा भएको बृहत छलफलपछि चीनले नेपाललाई आपतकालिन अवस्थाको तयारी स्वरुप ५ हजारवटा पाल दिने, नेपालमा चिनियाँ भाषा पढाउनका लागि स्वयंसेवक शिक्षक पठाउने र लगभग ३५ करोड नेपाली रुपैयाँको खर्चमा मनाङमा अस्पताल बनाइदिने सहमति भएको बताइएको छ ।

नेपाल-चीन संयन्त्र बैठक सकियो, तीनवटा मुख्य सम्झौता

आज दिउँसो राजधानीको याक एण्ड यति होटलमा चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाली समकक्षी प्रदीप ज्ञवालीसहित अर्थमन्त्री डा. युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल, परराष्ट्र सचिव शंखर वैरागी, मन्त्रालयमा चीन मामिला हेर्ने सहसचिव काली पोखरेललगायतको उच्च पदस्थ अधिकारीबीच बैठक बसेको थियो ।



चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार काठमाडौं आइपुगेका हुन्। विदेशमन्त्री यीले सोमबारको संयन्त्र बैठकपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन्। नेपाल सरकारका केही विभागीय मन्त्री तथा पूर्व प्रधानमन्त्रीहरुले पनि विदेशमन्त्रीलाई भेट्ने कार्यक्रम छ।


प्रकाशित : भाद्र २३, २०७६ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?