कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

नेपाल-चीन संयन्त्र बैठक सुरु

काठमाडौँ — विदेशमन्त्रीस्तरीय नेपाल-चीन संयन्त्र बैठक सुरु काठमाडौंमा सुरु भएको छ । राजधानीको याक एण्ड यति होटलमा सुरु भएको बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाली समकक्षी प्रदीप ज्ञवालीले स्वागत गरेका थिए ।

नेपाल-चीन संयन्त्र बैठक सुरु

लगभग एक घण्टा चल्ने बैठकमा शिक्षा र अर्थ विषयक समझदारी पत्र हस्ताक्षर हुने बताइएको छ । बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीसहित अर्थमन्त्री डा. युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल, परराष्ट्र सचिव शंखर वैरागी, मन्त्रालयमा चीन मामिला हेर्ने सहसचिव काली पोखरेललगायत छन् ।


बैठक पछि परराष्ट्रमन्त्रालयले बैठकको उपलब्धी बारे जानकारी दिने बताएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार काठमाडौं आइपुगेका हुन् । विदेशमन्त्री यीले सोमबारको संयन्त्र बैठकपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन्। नेपाल सरकारका केही विभागीय मन्त्री तथा पूर्व प्रधानमन्त्रीहरुले पनि विदेशमन्त्रीलाई भेट्ने कार्यक्रम छ।

प्रकाशित : भाद्र २३, २०७६ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?