लोकसेवा आयोगका पूर्वअध्यक्ष राईको निधन

काठमाडौँ — लोकसेवा आयोगका पूर्व अध्यक्ष सन्तबहादुर राईको निधन भएको छ । ८४ वर्षीय राईको पाटन अस्पतालमा उपचारको क्रममा सोमबार बिहान निधन भएको हो । 

लोकसेवा आयोगका पूर्वअध्यक्ष राईको निधन

ललितपुरको जावलाखेलमा बस्दै आएका राई केही वर्षदेखि अल्जाइमरलगायत रोगबाट ग्रसित थिए । उनी १९९३ सालमा संखुवाभाका खादबारी–४ स्यामदाङ पामा गाउँमा जन्मिएका थिए ।


निजामती सेवामा सचिव भएका राईले अवकाशपछि लोकसेवा आयोगको सदस्य र त्यसपछि अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए । राईकी श्रीमतीको यसअघि नै निधन भइसकेको र दुई छोरी रहेका छन् ।

प्रकाशित : भाद्र २३, २०७६ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?