२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

हामी वैचारिक र नैतिक चरित्रका दृष्टिले खस्किएका छाैं : दाहाल

रासस

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई सबैले स्वीकार गर्ने पार्टीका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । 

हामी वैचारिक र नैतिक चरित्रका दृष्टिले खस्किएका छाैं : दाहाल


'हामीले कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाएका छौँ, लोकप्रिय मत पाएका छौँ, बहुमतको सरकार छ, तर वैचारिक र नैतिक चरित्रका दृष्टिले खस्किएका छौँ, जनताको आवश्यकताभन्दा पनि हाम्रो आवश्यकतालाई महत्व दिएका छौँ,' उनले भने ।

अध्यक्ष दाहालले पार्टीलाई जनतामा समर्पित गर्न सकेको खण्डमा मात्र सहिदकोे वास्तविक सपनामा पूरा हुने बताए । 'कमरेड वासु वैचारिक, बलिदान, बौद्धिक र निष्ठा र चरित्रको हिसाबले अत्यन्त उच्च तहमा हुनुहुन्थ्यो, उहाँबाट हामीले पनि सिक्नुपर्ने हुन्छ,' उनले भने ।

पूर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता प्रक्रिया जतिसक्दो चाँडो सक्ने तयारी भइरहेको बताउँदै सहिदको सपना पूरा गर्न नयाँ संकल्पसहित अगाडि बढ्ने बताए । उनले भने, 'हामीले पार्टीलाई जति गतिशील बनाउन सक्छौँ त्यति नै सहिद सुरेश वाग्लेको सपना पूरा गर्न सक्छौँ ।'

नेकपाका प्रचार विभाग प्रमुख तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको सम्पूर्ण काम टुङ्गो लागेपछि पार्टीले जनताको आवश्यकतानुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित : भाद्र २३, २०७६ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?