कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

चिनियाँ विदेशमन्त्री सवार जेट आकाशमा १५ मिनेट होल्ड

सुरज कुँवर

काठमाडौँ — चिनियाँ विदेश मन्त्री वाङ यी सवार डियर जेट काठमाडौं अवतरणका क्रममा १५ मिनेट होल्डमा परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, मन्त्री वाङको बी–८१३५ उडान नम्बर भएको जेट विमान काठमाडौंमा अवतरण गर्ने तरखर गर्नु केही समय अघि मौसममा खराबी आएपछि आइतबार साँझ ५ बजेर ३२ मिनेटमा विमानस्थल बन्द गरिएको थियो । 

चिनियाँ विदेशमन्त्री सवार जेट आकाशमा १५ मिनेट होल्ड

त्यस समयमा विमानस्थलको भिजिबिलिटी २ हजार मिटरमा खुम्चिएको थियो । विमानस्थल बन्द भए लगत्तै काठमाडौंदेखि २७ किलोमिटर पर उक्त जेट विमान होल्ड (आकासमै फन्‍काे लगाउनु)मा परेको थियो । उक्त विमान होल्डमा परेको आकाशको विन्दुलाई उड्डयनकर्मीले गुँरास नामले चिन्दछन् । उक्त जेट विमानले गुराँसमाथि तीन फन्‍को लगाएको थियो ।


मौसममा सुधार भएपछि ५ बजेर ४२ मिनेटमा धावनमार्ग खुला गरिएको थियो । विमानस्थलको भिजिबिलिटी ४ हजार मिटर भएपछि खुला गरिएको थियो । विदेशमन्त्रीको विमान ५ बजेर ५७ मिनेटमा काठमाडौं विमानस्थलमा अवतरण भएको थियो ।

यस विमानमा विदेशमन्त्री वाङसहित १६ जना प्रतिनिधिमण्डल आएका छन् । क्याबिन र ककपिट क्रू गरी थप ६ जना छन् । चालक दलको टोली याक एण्ड यति होटलमा बसेको छ । यो विमान मंगलबार काठमाडौंबाट बेइजिङ फर्किंदै छ । काठमाडौंमा यसको व्यवस्थापन लगायतको जिम्मा ट्रान्स हिमालयन चार्टर नामको नेपाली कम्पनीले गरेको छ ।

यो विमान आइतबार पाकिस्तानबाट भारतको लखनउको रुट हुँदै काठमाडौं आइपुगेको हो । यसअघि शुक्रबार यो विमान बेइजिङबाट सियान, छेन्दु, ल्हासाको रुट समातेर काठमाडौं माथीको आकास हुँदै भारतको लखनउ हुँदै पाकिस्तानस्थित इस्लामावाद पुगेको थियो ।

प्रकाशित : भाद्र २२, २०७६ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?