कांग्रेस सांसद प्रधानको प्रश्न , 'किरिया बसेका र मलामी गएकाले राष्ट्रिय गान बज्दा के गर्ने ?'

रासस

काठमाडौँ — सरकारले पशुपतिनाथ मन्दिर परिसरमा आरतीको समयमा राष्ट्रिय गान बजाउनुपर्ने व्यवस्था गरेकामा सांसद भीमसेनदास प्रधानले आपत्ति जनाएका छन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले राष्ट्रिय गान गाउने आफ्नै परम्परा रहेकाले त्यसलाई सम्मान गर्न माग गरे ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत सहभागी हुने कार्यक्रममा अनिवार्य रुपमा राष्ट्रिय गान बजाउन र राजनीतिक दल तथा राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रममा अनिवार्य रुपमा राष्ट्रिय गान बजाउनुपर्नेमा जोड दिँदै उनले पशुपतिनाथ मन्दिर परिसरमा नै राष्ट्रिय गान बजाउने निर्णय धर्म र संस्कृति विरोधी भएको जिकिर गरे ।

सांसद प्रधानले भने, “किरिया बसेका र मलामी गएकाले राष्ट्रिय गान बज्दा के गर्ने भन्ने प्रश्न उठेको छ । यसलाई सरकारले ध्यान दिनु जरुरी छ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरिने आरतीमा राष्ट्रिय गान बजाउने व्यवस्था गरिएको छ । चलचित्र भवनमा समेत राष्ट्रिय गान बजाउने भनेर सरकारले दिएको निर्देशन ‘पञ्चायतकालीन झल्को’ आएको उनको टिप्पणी थियो ।

यो पनि

प्रकाशित : भाद्र २२, २०७६ १६:५४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

खोलाले बगाएर बेपत्ता

एलिसा श्रेष्ठ

भोजपुर — अरुण खोलामा पौडी खेल्ने क्रममा षडानन्द नगरपालिकाका एक युवक बेप्त्ता भएका छन् । वडा नम्बर १२ माघेछाप का २३ वर्षीया दिनेश विक खोलाले बगाएर बेपत्ता भएका हुन् । 

मानसिक सन्तुलन ठिक नभएको दिनेशको अरुण खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।

उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २२, २०७६ १६:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×