कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धादिङमा बस र ट्रक जुध्दा १८ जना घाइते

हरिहरसिंह राठौर

धादिङ — धुनिबेसी नगरपालिका–६ धार्केस्थित पृथ्वीराजमार्गमा बस र ट्रक आपसमा जुध्दा १८ यात्रु घाइते भएका छन् । काठमाडौंबाट महादेववेशीतर्फ ग्यास लैजाँदै गरेको ना १ क २१७४ नम्बर को ट्रक र मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख १७३७ नम्बर को मकालु यातायातको बस आपसमा ठोक्किँदा दुर्घटना भएको हो । 

धादिङमा बस र ट्रक जुध्दा १८ जना घाइते

बस र ट्रकमा सवारमध्ये १८ जना घाइतेहरुको धार्केस्थित शिवदर्शन अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।


सबै घाइतेको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले वताए । दुवै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : भाद्र २२, २०७६ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?