कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

मर्स्याङ्दी नदीमा जिप खस्यो, चालकसहित ५ यात्रु हामफाली बाँच्न सफल

लमजुङ — निर्माण सामग्री बोकेर ताल मनाङबाट खाङसार मनाङका लागि छुटेको जिप शनिबार दिउँसो मर्स्याङ्दी नदीमा खसेको छ । जिप चालकसहित ५ जना हामफाली बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

मर्स्याङ्दी नदीमा जिप खस्यो, चालकसहित ५ यात्रु हामफाली बाँच्न सफल

प्रहरीका अनुसार ङिस्याङ गाउँपालिका १ भ्राताङमा पर्ने चामे-हुम्दे कच्ची सडक खण्ड हुँदै १४ बोरा सिमेन्ट र फलामे पाइप ६० पिस बोकेको ग १ ज ७२४५ नम्बरको जिप खाङसार जाँदै गर्दा दुर्घटनामा परेको हो ।


जिप चालक लमजुङ दोर्दी गाउँपालिका ८ बस्ने २३ वर्षीय आनन्द गुरुङलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको डीएसपी टीकाबहादुर कार्कीले जनाए । ‘सडकबाट जिप खसे पनि यात्रु बाँचे । जिपसँगै खसेको भए कोही बाँच्दैनथे । कसो उनीहरु जिप खस्न लागेपछि हामफालेर जोगिएछन्’ उनले भने, ‘तैपनि हामी अनुसन्धानमा छौं, अनुसन्धानपछि मात्रै घटनाबारे एकीन हुन्छ ।’


जिप पानीको बहावमा रहेको र तत्काल झिक्न नसकिएको उनले बताए ।

साँघुरो र अप्ठ्यारो सडक केही उकालोमा व्याक गर्ने क्रममा सवारी दुर्घटना भएको खुलेको डीएसपी कार्कीले बताए ।


घटनास्थले चामेबाट करिब ७ किलोमिटर पश्चिममा पर्छ ।



प्रकाशित : भाद्र २१, २०७६ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?