कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

चिनियाँ विदेशमन्त्री भोलि आउँदै

बेइजिङ — चीनले विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा जान लागेको पुष्टि गरेको छ । बेइजिङमा शुक्रबार पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र प्रवक्ता कङ स्वाङले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा वाङ यीले नेपाल भ्रमण गर्न लागेको जानकारी दिए । 

चिनियाँ विदेशमन्त्री भोलि आउँदै

भ्रमणको उद्देश्य चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको चाँजोपाँजो मिलाउने रहेको हुन सक्ने बुझिएको छ । ‘नेपाल र पाकिस्तानका विदेशमन्त्रीहरूको निमन्त्रणामा चिनियाँ विदेशमन्त्रीले ७ देखि १० तारिखसम्म ती देशको भ्रमण गर्नेछन्,’ प्रवक्ता कङले भने ।


चीनको राज्य परिषद्का सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले चीन–अफगानिस्तान–पाकिस्तान विदेशीमन्त्रीस्तरीय बैठकमा भाग लिनुका साथै पाकिस्तान र नेपालको भ्रमण गर्ने उनले जानकारी दिए । असारमा चीनको ल्याउनिङ प्रान्तको तालियान सहरमा दाभोसअन्तर्गत विश्व आर्थिक मञ्चमा सहभागी मन्त्री ज्ञवालीले बेइजिङ पुगेर समकक्षी वाङ यीसँग भेटवार्ता गरेका थिए ।


उक्त भेटमा वाङले उपयुक्त समयमा चीनबाट उच्चस्तरीय भ्रमण गराउने वचन दिएका थिए । सोहीअनुसार उच्चस्तरीय भ्रमणको तालमेल मिलाउन उनी नेपाल जान लागेको स्रोतहरूको दाबी छ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले आइतबार ८ तारिखदेखि १० तारिखसम्म नेपालको भ्रमण गर्नेछन् ।

प्रकाशित : भाद्र २१, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?