१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आन्तरिक टर्मिनलमा पनि 'कन्भेयर बेल्ट', २ करोड ६० लाख खर्च

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक टर्मिनलमा पनि यात्रुहरुको ब्यागेज ह्याण्डलिङमा सुविधा थप्दै कन्भेयर बेल्ट सञ्चालनमा ल्याएको छ ।

आन्तरिक टर्मिनलमा पनि 'कन्भेयर बेल्ट', २ करोड ६० लाख खर्च

यसअघि आन्तरिक टर्मिनल भवनमा यात्रुहरुलाई एयरलाइन्स कम्पनीले ट्रलीमा राखेर ल्याएका लगेज, कार्गो लोडरहरुले हातैले उपलब्ध गराउने झन्झटीलो प्रक्रिया थियो । अब काठमाडौं बाहिरबाट आएका यात्रुहरुले आफ्ना लगेज कन्भेयर बेल्टबाट उठाउन पाउने छन् । उक्त बेल्टको शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन गरे ।


विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले कन्भेयर बेल्ट जडान भइसकेपछि यात्रुहरुका सामानको ह्याण्डलिङ व्यवस्थित हुने तथा मानवीय व्यवस्थापनका कारण हुने टुटफट न्यून हुने विश्वास व्यक्त गरे । उनका अनुसार, ८ महिनाअघि विमानस्थलले कन्भेयर बेल्ट जडानका लागि टेन्डर आव्हान गरेको थियो । टेन्डर प्रक्रियाबाट छानिएको शिव खेक्काको महावीर श्री कम्पनीले यो जडान गरेको हो । यस्को लागत २ करोड ६० लाख रुपैयाँ रहेको महाप्रवन्धक क्षत्रीले बताए ।


टर्मिनल भवनमा जडान गरिएको कन्भेयर बेल्ट न्यूजिल्यान्डको ग्लाइडपाथ कम्पनीको उत्पादन हो । यस्ले प्रतिघन्टा १२ सय ब्यागको क्षमता थेग्न सक्छ । प्रतिमिटर यस्ले १ सय ५० किलोग्रामको ब्यागको भार वहन गर्छ । यस्को कुल लम्बाई ३९ मिटर रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा ४ वटा कन्भेयर बेल्ट जडान गरिएका छन् ।


प्रकाशित : भाद्र २०, २०७६ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?