कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको बेइजिङद्वारा पुष्टि

काठमाडौँ — चीनका विदेशमन्त्री वाङ यीले नेपालको भ्रमण गर्न लागेको खबरको शुक्रबार चीनले पुष्टि गरेको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा वाङ यीले आइतबारदेखि नेपालको भ्रमण गर्न लागेको शुक्रबार बेइजिङमा एउटा पत्रकार सम्मेलनको आयोजना गरी चिनियाँ परराष्ट्र प्रवक्ता कङ श्वाङले जानकारी दिएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको बेइजिङद्वारा पुष्टि

उनले नेपाल भ्रमणको उद्देश्यबारे केही नखुलाए पनि चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणको चाँजोपाँजो मिलाउनु रहेको बुझिएको छ । पत्रकार सम्मेलनमा प्रवक्ता कङले भने, ‘नेपाल र पाकिस्तानका विदेशमन्त्रीहरूको निमन्त्रणमा चिनियाँ विदेशमन्त्रीले ७ देखि १० तारिखसम्म ती देशको भ्रमण गर्नेछन् ।’


पाकिस्तानका विदेशमन्त्री मोईन कुरेशीको निमन्त्रणामा चीनको राज्य परिषदका सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले सेप्टेम्बर ७ देखि १० तारिखसम्म पाकिस्तानको राजधानी इस्लामावादमा हुने चीन-अफ्गानिस्तान-पाकिस्तान विदेशीमन्त्रीस्तरीय बैठकमा भाग लिनुका लागि शनिबार नै पाकिस्तान जानेछन् र त्यहाँबाट आइतबार नेपालको भ्रमण गर्ने प्रवक्ता कङले बताए ।


अफगानिस्तानको शान्ति प्रक्रियालाई लिएर इस्लामावादमा पाकिस्तान, चीन र अफगानिस्तानका विदेशमन्त्रीबीच त्रिदेशीय बैठक हुनेछ

प्रकाशित : भाद्र २०, २०७६ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?