शिक्षालयलाई लक्षित गरी धरानमा बम विस्फोट, चन्द समूहले गरेको आशंका

प्रदीप मेन्याङ्बो

(सुनसरी) — सुनसरीको धरान उपमहानगरपालिका १८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातभित्र रहेको दिल्ली पब्लिक स्कुल र इटहरी उपमहानगरस्थित सुष्मा गोदावरी कलेजलाई लक्षित गरेर अज्ञात समूहले बम विस्फोट गराएका छन् । 

इटहरी सुष्मा गोदावरी कलेजमा सुतली बम र दिल्ली पब्लिकमा प्रेसर कुकर बम प्रयोग गरिएको प्रहरीले जनाएको छ । बिहीबार राति करिब १२ बजे भएको विस्फोटले दिल्ली पब्लिक स्कुलको मुख्य प्रवेशद्वारमा क्षति पुगेको छ । विस्फोटले उक्त प्रवेशद्वार नजिकै बीपी प्रतिष्ठानको चिकित्सकहरु बस्ने आवासीय भवनहरुका सिसाका झ्यालहरु समेत फुटेका छन् । बिरामी उपचार गर्ने चिकित्सकहरु बसेको आवासीय भवनमा समेत क्षति पुगेको र शैक्षिक संस्थाहरुमा बम विस्फोट गरिनुले सुनसरीमा सुरक्षा चुनौती थपिएको छ ।

प्रहरीले इटहरी र धरानमा गरेको विस्फोट चन्दा नदिँदा तर्साउने नियतले नेत्रविक्रम चन्द समूहले गरेको हुनसक्ने अनुमान गरेको छ । सुनसरी जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद शर्माले बम विस्फोट गर्ने समूहको खोजी भइरहेको बताए । उनले भने, ‘मानवीय क्षति नभए पनि बम विस्फोटमा संलग्नको खोजी र अनुसन्धान गरिरहेका छौं ।’

शैक्षिक संस्थालाई लक्षित गरेर बम विस्फोट गराएकोमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ सुनसरी (हिसान)का अध्यक्ष मुकुन्द घिमिरेले जुनसुकै बहानामा शिक्षालयमा बम विस्फोट गर्नु आततायी क्रियाकलाप भएको बताए । उनले भने, ‘यस्तो क्रियाकलाप निन्दनीय मात्र होइन राजनीतिक वा अन्य आवारणमा गरेको भए वैचारिक विचलन र क्षयीकरण मात्र हो ।’ हिसानले घटनामा सम्लग्नलाई कडा कारबाहीको माग गरेको छ ।

यसैबीच सुनसरी कांग्रेसले मध्यराति इटहरी र धरानको शैक्षिक संस्थामा भएको बम विस्फोटको विरोध र भर्त्सना गरेको छ ।

प्रकाशित : भाद्र २०, २०७६ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अपडेट : सुमो दुर्घटनामा बालिकासहित ३ को मृत्यु 

प्रताप विष्ट

(हेंटौडा) — हेटौडाबाट काठमाडौं प्रवेश गर्ने छोटो वैकल्पिक मार्ग भीमफेदी–कुलेखानी-फाखेल-फर्पिङ सडक खण्डको भीमफेदी जुरीखेतमा शुक्रबार सुमो दुर्घटना हुँदा एक बालिकासहित ३ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रामेछापकी १० महिने समरागी माझी, महोत्तरीका ७० वर्षीय वीरसिह वाइबा र सर्लाहीका ६० वर्षीय महेन्द्र सहनी रहेको प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए ।

बालिकाको घटनास्थलमा मृत्यु भएको थियो भने वाइबा र सहनीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते ६ जनाको हेटौंडा अस्पताल र एक जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

सर्लाहीबाट काठमाडौंतर्फ आइरहेको ना १ ज ३६४० नम्बरको सुमो भीमफेदी गाउँपालिका-६ जुरीखेतमा दुर्घटना भएको हो । सुमो सडकबाट ५० मिटर तल खसेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

घाइतेहरुको उपचारको निम्ति हेटौंडातर्फ ल्याइरहेको छ । घाइते हुने यात्रुहरु सर्लाही र सिन्धुलीका हुन् ।


....
हेटौंडाबाट राजधानी प्रवेश गर्ने छोटो वैकल्पिक मार्ग भीमफेदी–कुलेखानी—फाखेल—फर्पिङ सडक खण्डको भीमफेदी जुरीखेतमा शुक्रबार सुमो दुर्घटना हुँदा एक बालिकाका मृत्यु भएको छ ।

दुर्घटनामा १० जना घाइते भएका छन्। मृत्यु हुनेमा १० महिने समरागी माझी छिन्। सर्लाहीबाट काठमाडौंतर्फ आईरहेको ना १ ज ३६४० नम्वरको सुमो भीमफेदी गाउँपालिका—६ जुरीखेतमा दुर्घटना भएको हो।

सुमो सडकबाट ५० मिटर तल खसेको प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए। घाइतेहरुको उपचारको निम्ति हेटौंडातर्फ ल्याईरहेको छ। घाइते हुनेहरुमा सर्लाही र सिन्धुलीका बासिन्दाहरु रहेका छन्।

प्रकाशित : भाद्र २०, २०७६ १६:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×