दोस्रोपटक पनि लिलाम भएन निगमको बोइङ

काठमाडौँ — नेपाल वायुसेवा निगमको ३१ वर्ष पुरानो बोइङ (गण्डकी) दोस्रोपटक पनि लिलाम हुन सकेन । विमान खरिद गर्न प्रस्ताव गर्ने दुवै कम्पनी अयोग्य भएका छन् ।

दोस्रोपटक पनि लिलाम भएन निगमको बोइङ

निगमका सहायक प्रवक्ता सुलेख मिश्रका अनुसार एबीएन नामको इजरायली कम्पनीले इमेलबाट र अर्को प्रस्तावक कम्पनीले बिनाठेगाना बोलपत्र बुझाएकाले दुवै नेपालको कानुनअनुसार अयोग्य भएका हुन् । निगमले यसअघि असार ११ गते ३० दिनको लिलामी सूचना जारी गरेको थियो ।


निगमले पहिलोपटक स्चूना जारी गर्दा अल्फा चार्ली ब्राभो कलसाइनको उक्त जहाजको ६१ करोड र त्यसका ६ सय हाराहारी स्पेयर्सपार्टससमेत गरी ८७ करोड न्य्नूतम मूल्य तोकेको थियो ।

पहिलोपटकको स्चूनामा एउटा अमेरिकी र अर्को इजरायली कम्पनीले बोलपत्र पेस गरेका थिए ।


निगमको आर्थिक विनियमअनुसार कम्तीमा तीनवटा संस्थाले प्रस्ताव गर्नुपर्नेमा दुइटाको मात्रै परेकाले दोस्रोपटक साउन २९ गते १५ दिने स्चूना जारी भएको थियो । दोस्रोपटकको स्चूनाका आधारमा परेको बोलपत्र प्रस्तावबारे सोमबार बोइङ लिलाम गर्न गठन गरिएको उपसमितिले निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई प्रतिवेदन बुझाएको सहप्रवक्ता मि श्रले बताए । अब फेरि स्चूना जारी गर्ने वा समझदारीमा लिलाम गर्नेबारे कार्यकारी अध्यक्षले टुंग्याउने उनले बताए ।


१६ बिजनेस र १ सय ७४ इकोनमी श्रेणीसहित १ सय ९० सिट भएको यो विमान कात्तिक ११ पछि व्यावसायिक उडानमा छैन ।


प्रकाशित : भाद्र १९, २०७६ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?