१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कृषिमन्त्री चक्रपाणी खनाललाई डेंगु

स्थिति सामान्य

काठमाडौँ — कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाललाई डेंगु लागेर अस्पताल भर्ना भएका छन् । मन्त्री खनाललाई बुधबार दिउँसोदेखि धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको उनका प्रेस संयोजक बोमलाल गिरीले बताए।

कृषिमन्त्री चक्रपाणी खनाललाई डेंगु

उनले भने, 'मंगलबारदेखि हल्का ज्वरो आएको थियो। बुधबारदेखि अस्पताल भर्ना गरियो । तर स्थिति सामान्य छ ।'


मन्त्री खनाल मंगलबार ज्वरो आएपछि निदान अस्पताल उपचारका लागि पुगेका थिए । त्यहाँ डेंगुको शंका गरेपछि बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाएको थियो । गिरीले भने, 'अस्पतालले पनि डेंगु भनेको छ । तर आत्तिहाल्नुपर्ने अवस्था भने छैन ।'

अस्पताल उच्च स्रोतका अनुसार मन्त्री खनाललाई डेंगु नै लागेको देखिएको छ । ग्राण्डीअस्पताल स्रोतका अनुसार खनालको शारिरीक परीक्षण भइसकेपछि आएको रिपोर्टमा डेंगु नै भएको पाइएको छ ।

प्रकाशित : भाद्र १९, २०७६ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?