पूर्व सभासद् डिबी कार्की पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभासद् डोलबहादुर (डीबी) कार्कीलाई पक्राउ गरेको छ। सीआईबीका एसपी दीपक रेग्मीका अनुसार कार्कीलाई बिहीबार बिहान काठमाडौंबाट पक्राउ गरिएको हो । उनले भने, 'कार्कीलाई अदालतले दोषी ठहर गरेको थियो । त्यसैले हामीले पक्राउ गरेका हौं । उनीबारे फाइलहरु अध्ययन भइरहेको छ ।' उनले विस्तृतमा केहीसमय पछि जानकारी आउने बताए । 

पूर्व सभासद् डिबी कार्की पक्राउ

पुर्ख्यौली स्याङ्जा घर भइ हाल लमजुङ निवासी कार्की समानुपातिकको कोटामा पहिलो संविधानसभामा तत्कालीन एमालेबाट सभासद् चुनिएका थिए । उनले २०६७ मा प्रहरी भर्नाका क्रममा जागिर लगाइदिने भन्दै एक दर्जन बढी सर्वसाधारणसँग रकम लिएका थिए । एक लाख रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ पनि परेका थिए ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्कीलाई उनकै निवासबाट पक्राउ गरेको थियो। सो मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले उनलाई ६ महिना कैदा र एक लाख रुपैयाँ जरिवाना तोकेको थियो। सो निर्णयमा चित्त नबुझेर कार्की सर्वोच्च अदालतमा गएका थिए।


कार्की पूर्वगृहमन्त्री वामदेव गौतमका निकटतम मानिन्छन् । पहिलो संविधानसभाको चुनावपछि बनेको पुष्पकमल दाहाल नेतृत्वको सरकारमा गौतम गृहमन्त्री हुँदा प्रहरी सरुवा बढुवामा कार्कीको हालिमुहाली निकै चल्थ्यो ।

प्रकाशित : भाद्र १९, २०७६ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?