कर्णली प्रदेशका पूर्वमन्त्री खत्रीसँग उच्च अदालतद्वारा ५ लाख धरौटी माग

सुर्खेत — कर्णाली प्रदेशका पूर्वमन्त्री खड्‌गबहादुर खत्रीलाई पाटन उच्च अदालतले ५ लाख रुपैयाँ धरौटीमा छाडेको छ । नक्कली बैंक ग्यारेन्टी बनाएको अभियोगमा बुधबार अदालतमा हाजिर भएका उनलाई थुनछेक बहसपछि यस्तो आदेश भएको हो ।

कर्णली प्रदेशका पूर्वमन्त्री खत्रीसँग उच्च अदालतद्वारा ५ लाख धरौटी माग

साउन २७ गते उच्च अदालतले उनलाई तीन दिनभित्र अदालतमा हाजिर हुन भनेको थियो । अदालतका रजिष्ट्रार बाबुराम दाहालले मन्त्री बहाल रहेको अवस्थामा प्रहरीमार्फत् ३ दिनभित्र उपस्थित गराउन आदेश भएकोमा मन्त्रीबाट बर्खास्तपछि साधारण नागरिक सरह म्यादभित्रै अदालतमा उपस्थित भएको जानकारी गराए । उनका अनुसार बुधबार अदालतमा हाजिर भएका खत्रीको बयानपछि थुनछेक बहसपछि धरौटीमा छाडिएको बताए ।


कर्णालीका भौतिक पूर्वाधार विकासमन्त्री खत्री पदमुक्त

कृषि विकास बैंक भोजपुरको नाममा १ करोड १० लाखको किर्ते बैंक ग्यारेन्टी बनाएर खत्रीलगायत व्यक्तिले जिल्ला प्राविधिक कार्यालयमा पेश गरेको अभियोग लागेको छ । यही अभियोग र अदालतको आदेशपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साउन ३१ गते खत्रीलाई पदमुक्त गरेका थिए ।


यो पनि पढ्नुहोस्ः

नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा कर्णालीका मन्त्री खत्रीमाथि बैंकिङ कसुरको मुद्दा, ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश

प्रकाशित : भाद्र १८, २०७६ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?