१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हावाहुरी पीडितलाई घर हस्तान्तरण

पवन यादव

सिमरा — बारामा आएको हावाहुरीपछि विस्थापित बनेका पीडितहरुलाई घर हस्तान्तरण गरिएको छ । नेपाली सेनाको आवास पुनर्निर्माण कार्यदलले निर्माण कार्य पुरा गरेको ८ सय ६९ जनाको घर बुधबार हस्तान्तरण गरिएको हो । सेनाले झन्डै एक सय एक दिन लगाएर पीडितहरुको लागि उक्त संख्यामा २ कोठा, एउटा शौचालय र बरण्डा भएको व्यवस्थित घर निर्माण गरेको छ ।

हावाहुरी पीडितलाई घर हस्तान्तरण

सेनाको जनता आवास पुर्ननिर्माण कार्यदलका अध्यक्ष एवं प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेल मार्फत् पीडितहरुलाई घर हस्तान्तरण गरिएको हो । मन्त्री पोखरेलले प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत मार्फत स्थानीय सरकारका प्रमुखहरुलाई घरको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।


एउटा घर निर्माणका लागि ४ लाख ८४ हजार ८ सय ८८ रुपैयाँ ६० पैसा खर्च भएकोसेनाको जितपुर स्थित २८ नम्बर वाहिनी अड्डाका प्रमुख सहायक रथी विनय विक्रम राणाले जानकारी दिए । सरकारले विनियोजन गरेको एउटा घरको लागत खर्चमा ६१ हजार ९७ रुपैयाँ ५७ पैसा बचत गरिएको उनले जानकारी दिए ।


प्रभावित क्षेत्रमा भएको वर्षा र डुबानको कारण ९ दिन निर्माण काम पुर्ण रुपमा ठप्प रहेको उनले जानकारी दिए । १५ जना पीडितहरुको घर निर्माणको लागि बचेको रकम र प्रति घर निर्माणबाट बचेको रकम सरकारलाई फिर्ता गरिएको सेनाले जनाएको छ ।


यसैबीच हुरी प्रभावित क्षेत्रका १५ जना पीडितहरुको घर अहिलेसम्म बन्न सकेको छैन । प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधिले धेरै वास्तविक पीडितको नाम छुटाउँदा आफूहरुले घर नपाएको पीडितहरुले गुनासो गरेका छन् ।

प्रकाशित : भाद्र १८, २०७६ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?