कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुरानो र नयाँ धरहराको बीचबाट उपाकु मार्ग खोल्न सहमति

काठमाडौँ — धरहरा क्षेत्रमा पर्ने परम्परागत उपाकु मार्ग खोल्न सहमति गरिएको छ । स्थानीय जनप्रतिनिधि, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधि र धरहरा निर्माण गरिरहेको कम्पनीका प्रतिनिधिबीचको छलफल पश्चात बुधबार उक्त मार्ग खोल्न सहमति भएको हो ।

पुरानो र नयाँ धरहराको बीचबाट उपाकु मार्ग खोल्न सहमति

समझदारी अनुसार यस वर्षका लागि अस्थायी मार्ग निर्माण सुरु भइसकेको छ । उक्त मार्ग पुरानो धरहरा र अब बन्ने धरहराको बीचमा रहने छ । उपाकु मार्ग हिंड्ने सर्वसाधरण तेबहालबाट छिरेर भोटेबहाल जाने बाटोमा निस्कन सक्ने छन् ।

काठमाडौं महानगरपालिका–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले उपाकु मार्ग खोल्ने सहमति भएको बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका वरिष्ठ विज्ञ राजुमान मानन्धरले शुक्रबारसम्म अस्थायी मार्ग तयार हुने बताए । उपाकु मार्गका लागि पुरानो धरहरा र नयाँ बनिरहेको धरहराको बीचमा करिब १० फिट बाटो छाडिएको छ । उपाकु हिंड्ने स्थानीय बत्ती बाल्दै खाली खुट्टा हिँड्ने भएकाले बाटो सम्याएर हिँड्न मिल्ने बनाउने सहमति भएको उनले बताए ।


नेवार समुदायमा इन्द्रजात्राका बेला भाद्र शुक्ल द्वादशीका दिन हातमा दियो बालेर उपाकु हिँड्ने चलन छ । यस वर्ष भदौ २४ गते उपाकु परेको छ । त्यस्तै खिचापोखरी–मचाढोका–तेबहाल हुँदै टुँडिखेल निस्कनकालागि अस्थायी पैदल मार्ग खोल्ने कार्यलाई अगाडि बढाइएको छ । सञ्चयकोष र साविकको गोश्वार हुलाकको बीचमा ८ फुटे अस्थायी पैदल मार्ग हुनेछ ।


प्रकाशित : भाद्र १८, २०७६ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?