कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जागरण अभियानमार्फत फेरि जनतामाझ जाँदैछौँ : सिटौला

रासस

चितवन — नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जागरण अभियानमार्फत् दोस्रो पटक जनताको माझमा जान लागेको बताएका छन् ।

जागरण अभियानमार्फत फेरि जनतामाझ जाँदैछौँ : सिटौला

बुधबार यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अहिले पार्टीको गतिविधि र सरकारको काम कारबाहीको बारेमा गाउँगाउँमा जानकारी गराउन जागरण अभियानमार्फत जान लागेको बताए ।


मंसिरसम्म संगठन निर्माणका काम सकिएपछि मात्रै महाधिवेशनमा प्रवेश गर्ने भन्दै उनले मंसिरअघि १३ औँ महाधिवेशनको संगठनलाई संघीय व्यवस्थाअनुरुप रुपान्तरणको काम गरिने जानकारी दिए । वडा तहसम्म समायोजन गर्न कात्तिक मसान्तसम्म लाग्ने उनको भनाइ थियो ।

केन्द्रको कमजोरीका कारण नेविसंघ र तरुणदलले पूर्णता पाउन नसकेको उनले बताए । पूर्णता नपाउँदा पार्टीलाई नै असर परेको उनको टिप्पणी थियो ।

प्रकाशित : भाद्र १८, २०७६ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?