१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रहरीलाई हतियार देखाउँदै भाग्ने गोली लागेर घाइते

भूषण यादव

वीरगञ्ज — चेकप्वाइन्ट थापेर जाँच गरिराखेको प्रहरी टोलीलाई हतियार देखाउँदै भाग्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् ।

प्रहरीलाई हतियार देखाउँदै भाग्ने गोली लागेर घाइते

मंगलबार राति चेकिङका बेला प्रहरीलाई हतियार देखाएर भाग्न खाेजेका वीरगञ्ज महानगरपालिका १६ निवासी सन्तोष दास तत्मा प्रहरीको गाेली लागेर घाइते भएका हुन ।


दाहिने खुट्टामा गोली लागेका तत्माको नारायणी अस्पतालमा उपचार भइरहेको छ । विशेष सूचनाको आधारमा मंगलबार राति साढे ९ बजेदेखि वीरगन्ज १३ राधेमाईमा चेक प्वाइन्ट थापेको थियो ।

प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठाैरका अनुसार तत्मा गए राति १० बजेर १० मिनेटको समयमा प्रहरीलाई हतियार देखाएर भागेपछि गोली प्रहार गरिएकाे हो । उनको साथबाट एक थान पेस्तोल, त्यसमा प्रयोग हुने गोली १७ राउन्ड बरामद भएको छ । १ सय ७० ग्राम लागूऔषध पनि बरामद गरिएकाे छ । तत्माले यसअघि कर्तव्य ज्यान र हातहतियार मुद्दामा जेल सजाय काटिसकेकाे प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र १८, २०७६ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?