कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रधानमन्त्री भेट्न गाैतम पनि सिंगापुर जाँदै

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपा सचिवालय सदस्य वामदेव गौतम पनि सिंगापुर जाँदै छन् । उनी बुधबार दिउँसाे १ बजे सिल्क एयरमार्फत सिंगापुर जाने भएका हुन ।

प्रधानमन्त्री भेट्न गाैतम पनि सिंगापुर जाँदै

मंगलबार नेकपा महासचिव विष्णु पाैडेल पनि प्रधानमन्त्री ओलीलाई भेट्न सिंगापुर गएका थिए । पाैडेल र गाैतमसँगै जाने तयारी रहे पनि ‍मंगलबार पाैडेल एक्लै गएका थिए ।

प्रधानमन्त्री ओलीले भदौ ५ गतेदेखि सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराइरहेका छन् । सिंगापुरमा प्रधानमन्त्रीको शरीरबाट निस्केको एन्टीबडी घटाउनका लागि गरिने ‘प्लाज्माफेरेसिस’ भइरहेको छ । अहिलेसम्म उनको छैटौंपटक ‘प्लाज्माफेरेरिस’ भइसकेको छ ।

चिकित्सकहरुले सात पटकसम्म ‘प्लाज्माफेरेसिस’ गर्नुपर्ने सुझाव दिए अनुसार अन्तिम पटकको बुधबार हुँदैछ । त्यसपछि पछिको अवस्था परीक्षण गरी प्रधानमन्त्री ओली शनिबारसम्म स्वदेश फर्किनेछन् । पाैडेल र गाैतम पनि प्रधानमन्त्रीसँगै फर्किने छन् ।

प्रकाशित : भाद्र १८, २०७६ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?