कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

ललिता निवासको जग्गा प्रकरण : थप ५८ जनालाई अख्तियारको सूचना (नामसहित)

कृष्ण ज्ञवाली

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवासको जग्गा किनबेच गरेका सबैलाई छानबिनको दायारमा ल्याएको छ । त्यसक्रममा ५८ जनाको सूची बुधवार बिहान गोरखापत्रमा प्रकाशित गरेको छ । 

ललिता निवासको जग्गा प्रकरण : थप ५८ जनालाई अख्तियारको सूचना (नामसहित)

५८ जनामध्ये ५४ जना कुनै न कुनै रुपमा बालुवाटारको जग्गा खरिदविक्रीमा जोडिएका छन् ।

दुई जना गुठी संस्थानका कर्मचारी हुन् भने अरु दुई जनाको विवरण खुलाइएको छैन । कांग्रेस नेता एवं पूर्वमन्त्री विजयकुमार गच्छदार बाहेक बालुवाटार प्रकरणमा जोडिएका सबै ‘राजनीतिक’ व्यक्तिको बयान लिएको अख्तियारले अब छुटेका र छिटफुट बाँकी रहेका व्यक्तिहरुलाई सोधपुछका लागि बोलाएको हो ।

२०६७ सालको मन्त्रिपरिषदको निर्णयमाथि के गर्ने भन्नेवारे अख्तियारले टुंग्याइसकेको छैन ।


यो पनि पढ्नुहाेस् ...

ललिता निवास जग्गा प्रकरण : अख्तियारले बयानका लागि बोलायो ८६ जनालाई [नामसहित]

प्रकाशित : भाद्र १८, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?