२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

अख्तियारमा उजुरी परेपछि निगमका अर्थ निर्देशक हटाइए 

काठमाडौँ — आर्थिक अनमियतता तथा शैक्षिक योग्यता नमिलेको लगायतका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि नेपाल वायुसेवा निगमले आर्थिक विभागका कामु निर्देशक युवराज अधिकारीलाई अर्थ विभागबाट हटाएको छ । 

अख्तियारमा उजुरी परेपछि निगमका अर्थ निर्देशक हटाइए 

उच्च स्रोतले उपलब्ध गराएको पत्र अनुसार निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बिहीबार गरेको निर्णयले उनलाई अर्थबाट हटाई आन्तरिक लेखा परीक्षण विभागमा सरुवा गरिएको हो ।


अख्तियारले निर्देशक अधिकारीले निगमलाई चरम आर्थिक संकटमा पुर्‍याएको, उनको शैक्षिक योग्यता नमिलेको, निगमको नियम विपरीत मानविकी विषय अध्ययन गरेकी अधिकृत बिपुला बराललाई विभाग अन्र्तगतको बैंक इकाई प्रमुखको जिम्मेवारी दिएको लगायतका विषयमा परेको उजुरी छानविन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई साउन २८ गते निर्देशन दिएको थियो ।


अख्तियारको निर्देशन अनुसार, पर्यटन सचिव मोहन कृष्ण सापकोटाले भदौ ३ गते मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको नेतृत्वमा तीन सदस्यीय छानविन कमिटी गठन गरेका थिए ।


मन्त्रालयले छानविन कमिटी गठन गरेपछि निगमका कार्यकारी अध्यक्ष खरेलले अधिकारीलाई अर्थ विभागको जिम्मेवारीबाट बिहीबार मुक्त गरेको कार्यकारी अध्यक्षको कार्यालयले जनाएको छ । उनको स्थानमा निगमले आन्तरिक लेखा विभागका निर्देशक उमेश पौडेललाई ल्याएको छ । पौडेल चार्टर्ड एकाउन्टेन्ट हुन् ।

प्रकाशित : भाद्र १७, २०७६ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?