कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रधानमन्त्री र मन्त्रीहरूबीच दोस्रो भिडियो कन्फरेन्स

काठमाडौँ — स्वास्थ्योपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सदस्यबीच मंगलबार दोस्रो पटक भिडियो कन्फरेन्स (टेलिप्रिजेन्स) प्रविधिबाट छलफल भएको छ ।

प्रधानमन्त्री र मन्त्रीहरूबीच दोस्रो भिडियो कन्फरेन्स

उक्त अवसरमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले अरू मन्त्रीको उपस्थितिमा सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीलाई यसबीचमा भएका सरकारका कार्यप्रगति सम्बन्धमा जानकारी गराएको मन्त्रिपरिषद् उच्च स्रोतले जानकारी दिएको छ ।


पोखरेलको ब्रिफिङलगत्तै प्रधानमन्त्रीले सबै मन्त्रीलाई आआफ्नो मन्त्रालयको दायित्व प्रभावकारी ढंगले अघि बढाउन निर्देशन दिएका थिए । सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उनको उपचार भइरहेको छ ।


मन्त्रिपरिषद्का सदस्यहरूलाई आफ्नो स्वास्थ्योपचार राम्रो भइरहेको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भदौ २० मा फर्कने पूर्वनिर्धारित कार्यक्रम रहेको जानकारी गराएका थिए । उनी आउने दिनचाहिँ उपचारका कारण फरक पर्नसक्ने स्रोतले उल्लेख गरेको छ ।


प्रधानमन्त्री ओलीको प्रत्यारोपण गरिएको मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रालाई शरीरबाट निष्कासन गरी निराकरणका लागि प्लाज्माफेरेसिसको चक्र पूरा हुन लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बताएको छ । प्रधानमन्त्री ओली भदौ ५ मा उपचारका लागि सिंगापुर गएका थिए ।


यसअघि ओलीले सिंगापुरबाटै मन्त्रिपरिषद्का सदस्यहरूसित भदौ ९ मा पहिलो पटक टेलिप्रिजेन्स छलफल गरेका थिए । त्यो टेलिप्रिजेन्स छलफल मात्र भएको तर मन्त्रिपरिषद्को औपचारिक बैठक भने नभएको सरकारी स्रोतको दाबी छ । प्रधानमन्त्री विदेशमा वा अनुपस्थित रहेका बेलामा पनि सूचना प्रविधिको प्रयोग गरी मन्त्रिपरिषद्का बैठक र छलफल गर्न सकिने मन्त्रिपरिषद्को कार्यविधि नेपाल सरकारले यसअघि नै पारित गरिसकेको छ ।

प्रकाशित : भाद्र १७, २०७६ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?