१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सुर्खेतमा सेनाको एयर वेस

कृष्णप्रसाद गौतम

सुर्खेत — नेपाली सेनाले काठमाडौंबाहिर पहिलोपल्ट सुर्खेतमा एयर वेस सञ्चालनमा ल्याएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले मंगलबार एयर वेसको उद्‌घाटन गरे । 

सुर्खेतमा सेनाको एयर वेस

वेसमा तत्काल एमआई–१७ सहित २ वटा हेलिकप्टर तैनाथ अवस्थामा राखिएको उत्तरपश्चिम पृतना मुख्यालयले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा आपतकालीन उद्धार, ढुवानी र राहत वितरणलगायत कार्यलाई लक्षित गरी एयर वेस सञ्चालमा ल्याएको हो ।


उद्धार छिटो र कम लागतमा हुने भएकाले सुर्खेतमै वेस स्थापना गरिएको पृतनाले जनाएको छ । सेनाका अनुसार वेस स्थापना गरिएसँगै ढुवानी सहज भइ विकास निर्माणका कार्यले तीव्रता पाउने अपेक्षा गरिएको छ ।


हवाइ सेवा क्षमता वृद्धिका लागि एयर वेसमा ह्यांगर निर्माणको कामसमेत सुरु गरिएको सेनाले जनाएको छ । वेस सञ्चालनमा ल्याइएसँगै आपतकालीन र जटिल अवस्थाका विरामी, दुर्घटनाका घाइते र प्राकृतिक प्रकोपमा परेका व्यक्तिको उद्धार र राहतमा सहज हुने मुख्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र १७, २०७६ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?