सहभागी कम भएपछि कार्यक्रममा सम्बोधनै नगरी फर्किए यातायात मन्त्री

श्यामसुन्दर शशि

जनकपुर — भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सहभागी कम भएपछि कार्यक्रमलाई सम्बोधनै नगरी फर्किएका छन् ।

सहभागी कम भएपछि कार्यक्रममा सम्बोधनै नगरी फर्किए यातायात मन्त्री

मन्त्री महासेठ गणेश युवा कमिटीको अगुवाईमा नवनिर्मित गणेश प्रतिमाको प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुन मंगलबार जनकपुर आएका थिए । मन्त्री महासेठ गणेश पूजनोत्सवमा सहभागी भए पनि सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेनन् ।


दर्शक कम भएकाले मन्त्री महासेठले कार्यक्रमलाई सम्बोधन नगरिएको भए पनि आयोजकले अत्यधिक गर्मीका कारण कार्यक्रम स्थगित गरिएको दाबी गरेको छ । 'अत्यधिक गर्मीको कारण सहभागीहरुलाई कठिनाई हुने भन्दै मन्त्रीज्यूले कार्यक्रमलाई सम्बोधन गर्नुभएन ' आयोजक संस्थाका सञ्जयकुमार साहले भने । स्रोतका अनुसार सहभागी कम भएको भन्दै मन्त्री महासेठ रिसाएका थिए ।


रामचौकस्थित धनुषसागरको पश्चिमी घाटमा नवनिर्मित गणेश मन्दिरको उद्‍‌घाटन तथा गणेश प्रतिमाको प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुन मन्त्री महासेठ दिउँसव १ बजे पुग्दा आयोजक संस्थाका केही सदस्यबाहेकको उपस्थिति अति न्यून थिए । मन्त्री महासेठले न्यून सहभागितालाई दृष्टिगत गरी पहिले पूजाअर्चना गर्न निर्देशन दिए । मन्त्री महासेठले पूजापाठमा झण्डै ४५ मिनेट बिताए पनि सहभागी नबढेपछि नबोली फर्किएका थिए ।

प्रकाशित : भाद्र १७, २०७६ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?