कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न नेकपा महासचिव पौडेल सिंगापुर प्रस्थान

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका महासचिव विष्णु पौडेलले मंगलबार दिउँसो सिंगापुर गएका छन् । प्रधानमन्त्री ओलीले भदौ ५ गतेदेखि सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराइरहेका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न नेकपा महासचिव पौडेल सिंगापुर प्रस्थान

सिंगापुरमा प्रधानमन्त्रीको शरीरबाट निस्केको एन्टीबडी घटाउनका लागि गरिने ‘प्लाज्माफेरेसिस’ भइरहेको छ । अहिलेसम्म उनको छैटौंपटक ‘प्लाज्माफेरेरिस’ भइसकेको छ ।


चिकित्सकहरुले सात पटकसम्म ‘प्लाज्माफेरेसिस’ गर्नुपर्ने सुझाव दिए अनुसार अन्तिम पटकको बुधबार हुँदैछ । त्यसपछि पछिको अवस्था परीक्षण गरी प्रधानमन्त्री ओली शनिबारसम्म स्वदेश फर्किनेछ । महासचिव पौडेल प्रधानमन्त्रीसँगै फर्किनेछन् ।

प्रकाशित : भाद्र १७, २०७६ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?