कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

खुकुरी प्रहार गरी श्रीमतीको विभत्स हत्या

हरि गौतम

रुकुम पश्चिम — मुसिकोटमा एकजनाले खुकुरी प्रहार गरी श्रीमतीको विभत्स हत्या गरेका छन् । मुसीकोट नगरपालिका-३ का २७ वर्षीय नवीन खड्काले २६ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको हत्या गरेका हुन् ।

खुकुरी प्रहार गरी श्रीमतीको विभत्स हत्या

सोमबार बेलुकी ८ बजे खुकुरी प्रहार गरि श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।


मदिरा सेवन गरेका नवीनले खुकुरी प्रहार गरि श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । घटना लगत्तै फरार नवीनलाई राति २ बजेतिर घर नजिकैको जंगलबाट पक्राउ गरेकाे डिएसपी खड्काले बताए ।


श्रीमतीलाई काटेर टाउको, शरीर छुट्टाछुट्टै झ‍ोला र थैलामा हालेर फाल्ने बेला छ‍ोराछोरी कराएपछि गाउँलेले थाहा पाएका थिए ।



प्रकाशित : भाद्र १७, २०७६ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?