२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अब विदेश जान कामदारले बैंक खाता खोल्नुपर्ने

काठमाडौँ — सरकारले वैदेशिक रोजगारमा जाने कामदारहरूलाई बैंक खाता अनिवार्य रूपमा खोल्नु पर्ने व्यवस्था लागू गर्ने भएको छ । वैदेशिक रोजगार विभागले सोमबारदेखि परीक्षणको रुपमा विदेश जाने नेपाली कामदारलाई बैंक खाता सुरु गरेको छ ।

अब विदेश जान कामदारले बैंक खाता खोल्नुपर्ने

वैदेशिक रोजगारमा रहेको नपालीहरूले कमाएर रेमिट्यान्स हुण्डीका रूपमा कारोबार हुने प्रवृत्तिलाई पूर्ण रूपमा बैंक खाता अनिवार्य गर्ने तयारी गरेको हो । विभागले चाडै नै यसलाई अनिवार्य गर्न लागेको छ ।

खाता अनिवार्य गरिएपछि नेपाली कामदारलले बैंकमार्फत कमाएको पैसा पठाउनुपर्छ । नेपाली कामदारले कमाएको पैसा बैंक खातामार्फत् नल्याएको खुलेमा उसलाई अर्कोपटक श्रम स्वीकृति नदिइने विभागले जनाएको छ ।


विभागका अनुसार, अब श्रम स्वीकृतिका लागि कामदारले आफ्नो वा आफ्‌नो हकवालाको नाममा बैंकमा खाता खोलेको प्रमाण अनिवार्य पेश गर्नुपर्ने छ ।

विभागको अनलाइन सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) मा समेत बैंक खातासहितको विवरण अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्ने विभागले जनाएको छ । विभागले बैंक खाता नबुझाउने कामदारले श्रम स्वीकृति नपाउने जनाएको छ ।

प्रकाशित : भाद्र १६, २०७६ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?