कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एटीएम ह्याक गरेर चोरी : चिनियाँ गिरोहका थप एक सदस्य विमानस्थलबाट पक्राउ, ३ नेपाली पनि ठमेलबाट पक्राउ

काठमाडौँ — एटीएम प्रणाली नै ह्याक गरेर काठमाडौंका ९ विभिन्न बैंकका अवैध भिसा कार्डमार्फत सवा करोडभन्दा धेरै रकम चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप एकजना र ठमेल क्षेत्रबाट ३ जना नेपाली पक्राउ गरेको बताएको छ ।

एटीएम ह्याक गरेर चोरी : चिनियाँ गिरोहका थप एक सदस्य विमानस्थलबाट पक्राउ, ३ नेपाली पनि ठमेलबाट पक्राउ

चिनियाँ मुलका फ्रेन्च नागरिक सू लुस्लीलाई आइतबार राति चीन जान लागेको अवस्थामा विमानस्थलबाट पक्राउ गरेको हो भने अन्य ३ जना नेपालीलाई भने आज नियन्त्रणमा लिइएको हो । हिजो साँझ पक्राउ परेका फ्रेन्च नागरिक एटीएम प्रणाली ह्याक गर्ने गिरोहकै सदस्य हुन् । पक्राउ परेका नेपालीहरु देवनाथ लामिछाने, रोशन प्रधान श्रेष्ठ र रेवत दवाडीले चोरीको रकम डलरमा साट्न मद्दत गरेको देखिएको छ ।


शनिबार प्रहरीले प्रक्राउ गर्ने क्रममा तीन जना चीनियाँहरु ३० लाख रुपैयाँ लिएर भागेका थिए । उनीहरु ठमेलको सञ्चय कोष भवन नजिकै रहेको डेस्सो मनि एक्सचेञ्जमा पुगेर रकम साटेका थिए । डेस्सोमा रहेको डलर अपुग भएपछि सो मनि एक्सचेञ्जका संचालकले नेपालय मनि एक्सचेञ्जमा गएर डलर ल्याएका थिए । लामिछानेले डेस्सो र श्रेष्ठले नेपालय मनि एक्सचेञ्ज सञ्चालन गरेका छन् । दबाडी नेपालय मनि एक्सचेञ्जका प्रवन्धक हुन् ।


एटीएम प्रणाली नै ह्याक गरेर भिसा कार्डमार्फत रकम चोरी गरेको आरोपमा शनिबार प्रहरीले ५ चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंको विशेष टोलीले शनिबार साँझ उनीहरूलाई पक्राउ गरेको थियो। चोरीमा संलग्न अन्य दुई चिनियाँ फरार छन् । प्रहरीले पक्राउ परेका चिनियाँको साथबाट १ करोड २६ लाख रुपैयाँ मात्र बरामद गरेको छ ।

शुक्रबार काठमाडौं आएका उनीहरूले शनिबार ५ घण्टामा १५ सय पटक कार्ड प्रयोग गरेको पाइएको थियो । चिनियाँहरू नबिल, नेपाल एसबीआई र नेपाल इन्भेस्टमेन्ट बैंकको एटीएम बुथ प्रयोग गरेका थिए । रकम झिक्न प्रभु, एनआईसी एसिया, सिद्धार्थ, जनता, ग्लोबल आईएमई र सनराइज बैंकको एटीएम कार्ड प्रयोग भएको थियो ।

प्रकाशित : भाद्र १६, २०७६ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?