१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

यसरी गर्छ तालिम प्राप्त सशस्त्रले विपद्‌मा उद्धार

उद्धार र विपद् व्यवस्थापन हब बन्दै कुरिनटार सशस्त्र प्रहरी
हरिहरसिंह राठौर

धादिङ — राजमार्गमा हुने सडक दुर्घटना होस् कि नदीजन्य प्रकोप होस, बाढी प्रकोप होस् कि हिमाली कन्दरामा कुनै नागरिक फसोस, नदीमा डुबोस कि खाल्डोमा परोस सामान्य नागरिकले गर्न नसक्ने उद्धारका लागि चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय तयार छ । पृथ्वीराजमार्गका दुर्घटना मात्रै हैन देशैभरका ठूला दुर्घटना, हिमालका खोंच, कर्णाली र भेरीका तीव्र वहावदेखि हरेक वर्ष आउने तराईका डुबान समस्यामा पनि उद्धारमा सरकारले खटाउने यसै शिक्षालयलाई हो ।

यसरी गर्छ तालिम प्राप्त सशस्त्रले विपद्‌मा उद्धार
यसरी गर्छ तालिम प्राप्त सशस्त्रले विपद्‌मा उद्धार

सरकारले यस शिक्षालयलाई देशैभर हुने प्राकृतिक र मानवजन्य विपद्मा परिचालन गर्ने गरेको छ । २०७१ माघ ४ गते भएको जाजरकोट बस दुर्घटना भेरी नदीवाट ५४ जनाको शव ल्याउने होस् कि हुम्लामा भएको उपप्रमुख चढेको जिप दुर्घटनामा होस् हरेक आपत्‌विपत्‌मा तत्काल परिचालन हुने यसै शिक्षालयका सशस्त्र प्रहरी हुन् । करिव ३ सय ४० जनाको संख्यामा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किशोर प्रधानको कमाण्डमा तालिम प्राप्त जनशक्ति र उद्धारका लागी आधारभूत उपकरण सहित तैनाथ छ ।

यसरी गर्छ तालिम प्राप्त सशस्त्रले विपद्‌मा उद्धार

‘यो शिक्षालयले उद्धार मात्रै गर्दैन देशैभरका आन्तरिक रुपमा विपद् व्यवस्थापन गर्न जनशक्ति पनि उत्पादन गर्छ,’ शिक्षालयका प्रमुख एसएसपी किशोर प्रधानले भने । यस शिक्षालयमा देशैभरबाट प्रदेशस्तरीय अधिकृत तहलाई पनि विपद् व्यवस्थापन तालिम प्रदान गरिन्छ । ‘पृथ्वीराजमार्गमा हुने सडक दुर्घटना मात्रै हैन त्रिशूलीमा डुंगा दुर्घटना, नुहाउन जाँदा नदी/पोखरीमा डुब्ने, आगलागी, बाढी पहिरो, रुख र भीरबाट खसेर हुने दुर्घटनालाई पनि उद्धार र मद्दत गर्छौं, तर समयमा खबर गर्नुपर्छ, राजमार्गमा १५ देखि ३० मिनेटमै प्राथमिक उपचार सामाग्री र स्वास्थ्यकर्मी सहितको उद्धारटोली घटनास्थलमा पुरयाउने हाम्रो लक्ष्य छ,' प्रधानले दाबी गरे । दुर्घटना लगत्तै उद्धारका लागी शिक्षालयको आकस्मिक फोन नम्बर ०५६-४१०००० मा फोन गर्न समेत उनले सुझाए ।

यसरी गर्छ तालिम प्राप्त सशस्त्रले विपद्‌मा उद्धार

शिक्षालयमा प्रहरी निरिक्षक लक्ष्मण वस्नेतको नेतृत्वमा गोताखोर सहित ७ जनाको समूह छ । बंगलादेशबाट ३ महिने आधारभूत गोताखोरीमा तालिम प्राप्त गोताखोरलई थप आधुनिक तालिमको आवस्यकता रहेको प्रहरी निरीक्षक बस्नेत बताउँछन् ।

यसरी गर्छ तालिम प्राप्त सशस्त्रले विपद्‌मा उद्धार

सशस्त्र प्रहरीले यस शिक्षालयलाई देशभरकै विपद् व्यवस्थापनकै हब बनाउन पृथ्वीराजमार्ग ट्रमा अस्पतालको पनि निर्माण गरेको छ । अमेरिकी सहयोगबाट निर्मित उक्त अस्पताल पृथ्वी राजमार्गमा हुने सडक दुर्घटनामा परेकालाई तत्काल प्राथमिक उपचार, रक्तश्राव रोक्न र तत्काल उद्धार र उपचार अभावमा घाइतेको मृत्यु हुनबाट बचाउन रहेको छ ।

यसरी गर्छ तालिम प्राप्त सशस्त्रले विपद्‌मा उद्धार

उक्त अस्पताललाई सहयोग पुग्ने गरि पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिङ सडक खण्डमा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै उक्त सडक क्षेत्रमा एम्बुलेन्स सेवा र उद्धारकर्ता परिचालन गर्न सुविधा सम्पन्न एम्बुलेन्स उपलव्ध समेत गराएको छ । स्वास्थ्यकर्मी सहितको आधुनिक एम्बुलेन्स र उद्धारकर्मी बोक्ने बस बुझ्दै शिक्षालय प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किशोर प्रधानले मेडिकल प्राविधिक सेवा समेत उपलव्ध हुने गरी नेपाल एम्बुलेन्स सेवाले उपलव्ध गराएको एम्बुलेन्सको राम्रो व्यवस्थापन गर्ने र अब कोहिीपनि घाइतेले अकालमा मृत्युवरण गर्न नपर्ने बताए ।

यसरी गर्छ तालिम प्राप्त सशस्त्रले विपद्‌मा उद्धार

उक्त एम्बुलेन्समा अत्याधुनिक उपकरण, अत्याधुनिक उपचार विधि र आकस्मिक स्वास्थ्यकर्मी (इएमटीएस) साथमा उपलब्ध भएकाले अस्पताल पुग्नुभन्दा पहिला नै एम्बुलेन्सभित्र अत्यावश्यक चिकित्सा सेवा प्रदान गरिनेछ ।

यसरी गर्छ तालिम प्राप्त सशस्त्रले विपद्‌मा उद्धार


प्रकाशित : भाद्र १६, २०७६ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?