गाईगोरु बाटोमै फाल्ने ५ चालक र २ सहचालक पक्राउ

सुर्खेत — ट्रकमा गाईगोरु लोड गरी पठाउने नेपालगन्ज उपमहानगरपालिका । साथमा बाँके जिल्ला प्रशासन कार्यालयको पत्र । त्यतिमात्र होइन, ट्रकलाई स्कर्टिङ गर्दै सुर्खेतसम्म ल्याइपुर्‍याउने उपमहानगरपालिकाकै नगर प्रहरी इन्चार्जको टोली ।

गाईगोरु बाटोमै फाल्ने ५ चालक र २ सहचालक पक्राउ

सरकारी निकायको संरक्षण र बन्दोबस्तीमा ल्याइएका गाईगोरु मरेपछि भने पक्राउ ट्रकका चालक र सहचालकमात्रै कारबाहीमा परेका छन् ।


पाँचवटा ट्रकका चालक र दुई सहचालक गरी सातजना बिहीबारदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । प्रहरीले घटनामा मुख्य भूमिका रहेकालाई छुन सकेको छैन । त्यतिमात्र होइन, सोही दिन आएका अन्य तीनवटा ट्रकबारे पनि प्रहरी मौन छ । ‘अहिले चालक र सहचालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेका छौं,’ जिल्लाका निमित्त प्रहरी प्रमुख डीएसपी रवि रावलले भने, ‘क–कसको संलग्नता छ भन्नेबारे अनुसन्धानपछि मात्र थाहा हुन्छ ।’


जिल्ला प्रहरी कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिबाट उक्त घटनामा संलग्न अन्य व्यक्तिलाई उन्मुक्ति दिन खोजिएको भान हुन्छ । नेपालगन्ज उपमहानगरपालिकाले ८ वटा ट्रकमा गाईगोरु पठाएको भनिरहँदा प्रहरीको विज्ञप्तिमा सुब्बाकुना नाकामा पाँचवटा ट्रकमात्र इन्ट्री भएको उल्लेख छ ।


ना६ख ४९४९, ना६ख ९९०५, ना६ख ९१७७, ना५ख १०१५ र ना५ख ६६७४ नम्बरको ट्रकमात्र उपत्यकामा गाईगोरु ल्याएर राति करिब १२ बजेको समयमा भित्रिएको विज्ञप्तिमा जनाइएको छ । प्रहरीका अनुसार ती ट्रकमा ल्याइएका १ सय ५७ गाईगोरु बिहान १ः३० देखि २ः२० को समयमा सुर्खेत–दैलेख सडकको कटकुवास्थित सडक छेउमा झारिएका थिए । गाईगोरु मरेका र १ सय ९६ गाईगोरु नेपालगन्ज पठाइएको विज्ञप्तिमा उल्लेख छ । अन्य गाईगोरुको अवस्थाबारे उल्लेख छैन ।

प्रकाशित : भाद्र १६, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?