कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पक्राउ परे मिटर ब्याजका नाईके प्रदेशी

काठमाडौँ — सर्लाही, रौतहट र महोत्तरीका तीनसयभन्दा धेरैलाई कपाली तमसुक गरेर मिटर ब्याजमा श्रृण प्रवाह गर्दै आएका श्याम प्रदेशी भन्ने श्यामकृष्ण साह अन्ततः पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनलाई मलंगवा-१० स्थित उनको घर छेवैबाट पक्राउ गरेको हो ।

पक्राउ परे मिटर ब्याजका नाईके प्रदेशी

जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी गोपाल भट्टराईले प्रदेशी पक्राउ परेको बताए ।

एकजना पीडितले दिएको ठगीको उजुरी पछि उनी पक्राउ परेका हुन् । उनले प्रदेशीमाथी विस्तृत अनुसन्धान अगाडी बढाईने र प्रमाणहरुको निम्ती उनको घरमा खानतलासी लिईने बताएका छन् ।



प्रकाशित : भाद्र १५, २०७६ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?