१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नयाँ बानेश्वरमा आकाशे पुल निर्माण सुरु

काठमाडौँ — राजधानीको व्यस्त क्षेत्र नयाँ बानेश्वरमा आकाशे पुल निर्माण सुरु भएको छ । विभिन्न अध्ययनहरुले काठमाडौंमा सबैभन्दा धेरै पैदल यात्रुले सडक वारपार गर्ने स्थानको रुपमा नयाँ बानेश्वर पाइएको छ । 

नयाँ बानेश्वरमा आकाशे पुल निर्माण सुरु

कार्तिकसम्ममा पुल निर्माण कार्य सम्पन्न हुने डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ । कार्यालय प्रमुख कैलाशकुमार श्रेष्ठका अनुसार पुलमा बीचमा फलाम र दुवैतर्फ कंक्रिट हुनेछ ।


सो स्थानमा नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालय अगाडि रहेको पुल जस्तै डिजाइनमा पुल निर्माण हुनेछ । पुल निर्माण तोकिएको अवधिभन्दा पनि चाँडो सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए । उनले भने, “पुलको निर्माण सकेसम्म चाँडो सम्पन्न गर्न हामीले ठेकेदार कम्पनीलाई भनिरहेका छौँ ।”


दुई करोड ५० लाख बजेटमा कार्त्तिकसम्ममा सम्पन्न गर्ने गरी गत बैशाखमा ठेक्का सम्झौता भएपछि अहिले काम सुरु भएको कार्यालयले जनाएको छ । नयाँबानेश्वर जस्तै कोटेश्वर र बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल निर्माण गर्ने योजना रहेको प्रमुख श्रेष्ठले जानकारी दिए । कोटेश्वरमा आकाशे पुल निर्माणका लागि बजेट भए पनि उपयुक्त स्थानको खोजी भइरहेको छ । उनले भने, “स्थान छनोट हुनासाथ ठेक्का प्रक्रिया अघि बढ्नेछ ।”

प्रकाशित : भाद्र १५, २०७६ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?