नक्कली भिसा कार्डबाट रकम निकाल्ने ५ चिनियाँ पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — प्रहरी परिसर काठमाडौंले नक्कली भिसा कार्ड बनाएर एटीएमबाट पैसा निकाल्ने ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजिनक गरेको छ ।

उनीहरु नक्कली भिसा कार्डबाट बिभिन्न बैंकका एटीएमबाट पैसा निकाल्ने काममा संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट १३२ वटा नक्कली र १७ वटा सक्कली भिसा कार्ड समेत बरामद गरेको छ ।


शनिबार दरबारमार्गस्थित नबिल बैंकको एटीएमबाट उनीहरु पक्राउ परेका हुन् । उक्त समूहले बिभिन्न बैकका एटीएमबाट १ करोड २६ लाख निकालिसकेका छन् । प्रहरीले उनीहरुको साथबाट ९ हजार अमेरिकन डलर बरामद गरेको छ ।

उक्त समूह सोमबार चीन उड्ने तयारीमा थियो ।

प्रकाशित : भाद्र १५, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्

शालिकराम पुडासैनी आत्महत्या प्रकरण : बयानमा के भनेका छन् पत्रकार युवराज कँडेलले

श्रृंखला : ५
जनकराज सापकोटा

काठमाडौँ — न्युज २४ बाट प्रसारण हुने कार्यक्रम 'सिधा कुरा जनतासँग' का सञ्चालक रवि लामिछानेसँग कार्यरत पत्रकार युवराज कँडेलले आफूले कहिल्यै मृतक पत्रकार शालिकरामलाई दुःख नदिएको बताएका छन् ।

बयानका क्रममा उनले भनेका छन्, ‘भिडियोमा भने जस्तो मैले कुनै दुःख दिएको छैन । निजले ल्याएका समाचारका टिपोटहरुलाई कहिलेकाहीँ निकाल्ने र थप्ने हुन्थ्यो । सोही कुरामा निजले मसँग चित्त दुःखाएको हुनुपर्छ । सो बाहेक अन्य केही कारण छैन ।’
बयानका क्रममा युवराजले शालिकराम विवाहित भएको र श्रीमती सम्झनासँग नयाँ बसपार्कतिर बस्छन् भन्ने बाहेक निजको बारेका अन्य केही पनि थाह नभएको बताएका छन् ।


युवराजले आत्महत्या भन्दा दुई वा तीन दिन पहिले कार्यक्रम निर्माता दिपक बोहोरा र कार्यक्रम सञ्चालक रवि लामिछाने र न्युज २४ का अन्य कर्मचारीहरु समेत भएका बेला क्यामेरामेन अनिल ढुंगलेले मृतक शालिकराम पुडासैनीको प्रेमीकासँग सम्बन्ध बिग्रिएको गुनासो गरेको कुरा सुनाएको बताएका छन् । सोही कुराकानीमा त्यस्तो छ भने प्रहरीकोमा जानु भनेर दिपक बोहोराले भनेका थिए ।

यो पनि पढ्नुहोस्ः





प्रकाशित : भाद्र ९, २०७६ १३:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×